खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट « Khabarhub

खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट भएको हो ।

उनीहरूबीच पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक समन्वय गर्न मन्त्री अथकले मुख्यमन्त्री पोखरेलसँग आग्रह गरे ।
स्थानीय निर्वाचनका कारण आगामी जेठ महिनाको पहिलो साता मात्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था रहेको बताउँदै मन्त्री अथकले सोही डेटलाइनमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थाल्न आग्रह गरे ।

जवाफमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न पाउनु गौरवको कुरा भएको बताए ।

केन्द्र सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले औपचारिक रूपमै तयारी सुरु गर्ने प्रतिबद्धता जनाए ।

भेटमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : २३ बजे

सांसदहरूलाई रास्वपाको अभिमुखीकरण, होटलमा नाता र साथी लान नपाइने, फोटो खिच्न पनि निषेध

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका

एक करोड १६ लाख नगदसहित दुई हुण्डी कारोबारी पक्राउ

काठमाडौं– नेपाल प्रहरीले एक करोड १६ लाख नगदसहित दुई हुण्डी

चीनले मार्च– ३० देखि उत्तर कोरियामा प्रत्यक्ष उडान पुन: सुरु गर्दै

एजेन्सी– एयर चाइनाले मार्च – ३० देखि बेइजिङ – प्योङयाङ

मीन विश्वकर्मा भन्छन्- रास्वपाले अनपेक्षित सफलता हात पार्‍यो, अब भ्रष्टाचार अन्त्य गर्नुपर्‍यो

काठमाडौं– नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले निर्वाचनमा रास्वपाले अनपेक्षित सफलता

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को फागुन मसान्तसम्ममा नेपालको कुल