खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट « Khabarhub

खेलकुद मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) र गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच भेटवार्ता भएको छ ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्री अथक र मुख्यमन्त्री पोखरेलबीच भेट भएको हो ।

उनीहरूबीच पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका बारेमा छलफल भएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक समन्वय गर्न मन्त्री अथकले मुख्यमन्त्री पोखरेलसँग आग्रह गरे ।
स्थानीय निर्वाचनका कारण आगामी जेठ महिनाको पहिलो साता मात्रै प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था रहेको बताउँदै मन्त्री अथकले सोही डेटलाइनमै प्रतियोगिता सम्पन्न गर्ने गरी तयारी थाल्न आग्रह गरे ।

जवाफमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्न पाउनु गौरवको कुरा भएको बताए ।

केन्द्र सरकारले दिएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न गण्डकी प्रदेश सरकार तयार रहेको बताउँदै मुख्यमन्त्री पोखरेलले औपचारिक रूपमै तयारी सुरु गर्ने प्रतिबद्धता जनाए ।

भेटमा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थ, राष्ट्रिय खेलकुद परिषदका निमित्त सदस्य सचिव कुलबहादुर थापालगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  ८ : २३ बजे

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल