‘गठबन्धन सरकारले देशको अर्थतन्त्र थला पार्‍यो’ « Khabarhub

‘गठबन्धन सरकारले देशको अर्थतन्त्र थला पार्‍यो’


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको सरकारसँग देश बनाउने कुनै भिजन नभएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले अहिलेको सत्ता गठबन्धनसँग कुनै गन्तव्य र लक्ष नै नभएको दाबी गरेका हुन्।

मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै नसक्ने गरी थला पारेको पनि उनको आरोप छ।

‘स्वर उनिहरूकै ठूलो छ गठबन्धन गरेर एमालेलाई हराउँछौं। कस्तो विडम्बना-पाँच दलीय गठबन्धनसँग न कुनै देश बनाउने भिजन छ न त कुनै गन्तव्य र लक्ष नै।’‚महासचिव पोखरेलले लेखेका छन्।

उनले नेपालको गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गरेको, भूकम्पले थिलथिलो बनाएको देशको अवस्थालाई एमालेको सरकारले उठाएको दाबी पनि गरेका छन्।

‘नेकपा एमालेले भूकम्पले थिलोथिलो भएको देशलाई उठायो। जनताका मुर्झाएका सपनालाई जगायो। विकास र समृद्धिको यात्रामा सिंगो देशलाई अघि बढायो। स्वाधीनता र स्वाभिमानको नयाँ यात्राको थालनी गर्दै गुमेको भू-भाग समेटेर नयाँ नक्सा प्रकाशित गर्‍यो तर मुद्दा मामिला गरी परमादेशबाट आएको गठबन्धन सरकारले देशको अर्थतन्त्रलाई उठाउनै कठिन हुने गरी थला बसायो।’, उनले भनेका छन्।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ९ : २४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र