विवेकशील साझाद्वारा काठमाडौँको मेयर/उपमेयरमा दुवै महिला उम्मेदवार घोषणा « Khabarhub

विवेकशील साझाद्वारा काठमाडौँको मेयर/उपमेयरमा दुवै महिला उम्मेदवार घोषणा


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुवै जना महिलालाई अघि सारेको छ।

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुई जना महिलालाई जिम्मा लगाऊँ, राजधानीको गौरव पुनर्स्थापित गरौँ’ नाराका साथ दुई जना महिला उम्मेदवार अघि सार्ने निर्णय भएको हो।

सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिले समीक्षा बाँस्कोटालाई मेयर तथा कीर्ति तुलाधरलाई उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको छ ।

प्रवक्ता  शरदराज पाठकका अनुसार बास्कोटा वागमती प्रदेशकी पूर्व संयोजक तथा केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुन् । उनका अनुसार ३८ बर्सिया बाँस्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुन मैं स्नातकोत्तर गरेकी छन् । गत निर्वाचनमा काठमाडौँ-१ ‘क’ बाट प्रदेशसभाको उम्मेदवारसमेत बनेकी बाँस्कोटाले २७ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गरेकी थिइन् ।

उपमेयरकी उम्मेदवार तुलाधर सो पार्टीका केन्द्रीय सदस्य हुन् । नेपाल जेसीजको तीनजना महिला राष्ट्रिय अध्यक्ष मध्येकी एक तुलाधर अन्तर्राष्ट्रिय जेसीजको पनि दक्षिण एसियाबाटै पहिलो महिला उपाध्यक्ष भएकी थिइन् । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ बर्सिया तुलाधर विभिन्न संघ संगठनको नेतृत्वदायी भूमिकामा रहेको प्रवक्ता पाठकले जानकारी दिए ।

‘विश्वकै विशिष्ट पहिचान बोकेको काठमाडौँ पछिल्ला दशकहरूमा क्रमिकरूपले ध्वस्त भएको परिप्रेक्षमा महानगरपालिकालाई दुई जना इमानदार, सक्षम, परिपक्व र परिवर्तनका लागि प्रतिबद्ध महिलालाई जिम्मा लगाउन सकेको खण्डमा, देशको मुहार परिवर्तनको सुरुवात हुने’ विश्वास पार्टी अध्यक्ष रवीन्द्र मिश्रले व्यक्त गरेका छन्।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ११ : १८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र