देशैभर तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल « Khabarhub

देशैभर तालमेल गर्न पाँच दलीय गठबन्धनको अपिल


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारुढ पाँच दलीय गठबन्धनले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशैभर तालमेल गर्न कार्यकर्तामा अपिल गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले देशै भर अवस्था अनुसार चुनावी तालमेल गन र आपसी सहकार्य गर्न आफ्ना कार्यकर्तालाई आह्वान गरेको हो।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त हस्ताक्षर गर्दै जारी गरिएको अपिलमा हिजोका सबै मतभेद बिर्सेर चुनावमा गठबन्धन आबद्ध उम्मेदवारलाई सहयोग गर्न आफ्ना कार्यकर्तालाई आग्रह गरिएको छ।

गठबन्धनले सत्तारुढ दलका साझा उम्मेदवारलाई मतदान गर्न पनि कार्यकर्तालाई आग्रह गरेको छ। पाँच दलका शीर्ष नेताहरूले हस्ताक्षरित अपिलमा गठबन्धन आबद्ध दलहरूबीच निर्वाचनमा सहकार्य गर्ने संकल्प पनि गरिएको छ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  १२ : ०९ बजे

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको

दास व्यापार तथा उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ– दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा