स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन « Khabarhub

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- हिजो देखि शुरु भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौँ शिखर सम्मेलनको औपचारिक उद्घाटन भएको छ ।

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले एक समारोहका बीच आज सम्मेलनको उद्घाटन गरेका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले अनुसन्धानका क्षेत्रमा भएको खर्च फजुल खर्च ठान्ने भएको बताएका छन् ।

विज्ञान प्रविधि, अध्ययन, अनुसन्धानका क्षेत्रमा पनि प्रदेश सरकारका क्षेत्रबाट पनि अगाडि बढिरहेको उनले बताए । ‘बागमती प्रदेशले नव प्रवर्द्धनका सवालमा एउटा नीति पास गरेको छ । त्यसका आधारमा ऐन बनाएर स्वास्थ्य अनुसन्धानका क्षेत्रमा काम गर्छौं,’ उनले भने, ‘बागमती प्रदेश स्वास्थ्य अनुसन्धान क्षेत्रका परिषद्सँग सहकार्य गर्न तयार छ ।’

उद्घाटन समारोहका प्रमुख अतिथी रहेका मुख्यमन्त्री पाण्डे स्वास्थ्य शिक्षा सवालमा र स्वदेशमै स्वास्थ्य शिक्षा पाउनुपर्ने भन्ने सवालमा कन्जरभेटिभ भएको बताए । उनले सकेसम्म नेपाली विद्यार्थीहरु विदेशमा जाउन् भन्नेमा रहेको उनको भनाइ थियो । उनले ०७४ सालदेखि नेपाल नयाँ संरचनामा गएकाले नयाँ परिस्थितीमा नयाँ स्वास्थ्य नीति तयार गर्नुपर्ने जोड दिए ।

सो अवसरमा परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले सम्मेलनको आवश्यकता र महत्वको बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा मुख्य बक्ताको रुपमा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोस अधानाम गेब्रएससले आफ्नो धारणा राखेका थिए ।

भर्चुअल रुपमा सम्बोधन गरेका उनले कोभिड १९ को महामारीमा बेला नेपालको स्वास्थ्य क्षेत्रले देखाएको क्रियाशिलता उदाहरणीय भएको बताए । उनले नेपालको स्वास्थ्य अनुसन्धानको क्षेत्रलाई थप प्रभावकारी बनाउन सम्मेलन सहयोगी बनोस् भन्दै शुभकामना समेत व्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य अनुसन्धान क्षेत्रमा परिषद्ले गरेको कामको प्रशंसा गरे । उनले विगतका तुलनामा स्वास्थ्य अनुसन्धानका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताए । दिनदिनै बढिरहेका जनस्वास्थ्यका सवालहरुमा समाधानका लागि अनुसन्धान परिषद्ले गर्ने अनुसन्धानले टेवा पुर्‍याउने विश्वास उनको थियो । ‘अनुसन्धानमा सीप र क्षमता अभिवृद्धि गर्दै आइरहेका छौं,’ राज्यमन्त्री खापुङले भने, ‘अझ यसलाई विस्तारै गर्दै लैजान आवश्यक छ ।’ त्यसका लागि आवश्यक सहयोग र समन्वय गर्न मन्त्रालय तयार रहेको उनले बताए । परिषद्ले तथ्यमा आधारित नीति निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको कुरा भुल्न नसकिने मन्त्री खापुङले बताए ।

यस्तै बोल्ने क्रममा, बागमतीको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले समयमै नसर्ने रोगको पहिचान गरेर उपचार अगाडि बढाउनका लागि अभियान चलाएको बताए । महामारी विरुद्ध लड्न र भविष्यको स्वास्थ्य सेवाका चुनौती सामना गर्न नवीन ज्ञानको आवश्यक पर्ने भएकाले त्यसका लागि अनुसन्धान जरुरी रहेको उनको भनाइ थियो । उनले स्वास्थ्य अनुसन्धानका लागि बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले बजेटको व्यवस्था गर्ने पनि उल्लेख गरे ।

विशेष अतिथीका रुपमा रहेका पूर्व मन्त्री योगेश भट्टराईले निरोगी नेपालको अभियान जारी रहेकाले त्यसका आधारभूत मापदण्ड आवश्यक रहेको बताए । स्वास्थ्य संरचना निर्माणका लागि सरकारले ठूलो लगानी गरेको बताउँदैं त्यसका लागि काम गर्नुपर्ने बताए । आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाका दिशामा अगाडि बढ्नुपर्ने उनले बताए । जनशक्ति उत्पादनमा पनि जोड दिनुपर्ने उनले जानकारी दिए । ‘केही मानिसका सनकले नीतिहरु गलत दिशामा गएको छ,’ उनले भने, ‘स्वास्थ्य शिक्षामा भएको नियोजनले नेपाली विद्यार्थीहरु पलायन भएको छन् । त्यसमा हामीले कति ध्यान दिइरहेका छौं ।’

जनसंख्या र स्वास्थ्यकर्मीको अनुपातमा नेपाली स्वास्थ्य क्षेत्र कहाँ छ भन्ने कुरा पनि छलफलको विषय बनाउनुपर्ने उनको जोड थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : ४८ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा