म्युजिक भिडियो छाडेर डकुमेन्ट्रीतर्फ दीपेन्द्र « Khabarhub

म्युजिक भिडियो छाडेर डकुमेन्ट्रीतर्फ दीपेन्द्र


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दीपेन्द्र केसी कुनै समय म्युजिक भिडियो निर्देशनमा व्यस्त नाम हो ।

उनले नविन के भट्टराईको ‘अलिकत पीडा’, डम्बर नेपालीको ‘टाढा नलैजाउ’, हिमाल सागरको ‘मैले सोचे तिमीलाई’ लगायतका सफल भिडियो गरेका छन् ।

एकपछि अर्को हिट भिडियो गरेका निर्देशक दीपेन्द्र पछिल्लो समय निर्देशनमा सक्रिय छैनन् । कोरोना भाइरसको महामारीपछिको समयलाई नेपाली म्युजिक भिडियोका लागि राम्रो मानिन्छ । संख्यात्मक हिसाबमा पनि भिडियो धेरै बनेका छन् । तर , दीपेन्द्रले निर्देशन गरेका भिडियो ती संख्यामा छैनन् ।

पछिल्लो समय उनी डकुमेन्ट्री निर्देशनमा होमिएका छन् । केही नजान्दा नजान्दै म्युजिक भिडियो निर्देशन बनेका दीपेन्द्र केही समय यता ‘कथा भित्रका कथा’ नामक डकुमेन्ट्री निर्देशनसँगै निर्माणमा व्यस्त छन् । कलेजलाइफमा भारत सिटौलाद्वारा स्वरबद्ध ‘कहिले आगो कहिले पानी’ बोलको गीतको ट्रयाक खोज रिबेल क्रिएसन पुगेपछि दीपेन्द्र निर्देशनतर्फ अग्रसर भएका हुन्

‘सानै देखि म्युजिकमा, फिल्ममा रहर थियो । त्यसैले होला कलेजको कार्यक्रमको लागि कहिले आगो कहिले पानी गीतको ट्रयाक लिन रिबेल क्रिएसन नै पुगेु दीपेन्द्र भन्छन् त्यो समयमा निर्मल कार्कीदाईसँग भेटघाट भयो । त्यहीँ भेटघाटपछि मेरो चिनजान त्यतातर्फ पनि बढ्यो ।’ त्यसपछि उनको चिनजान रोशन श्रेष्ठ, किसन गुरुङसँग बढ्यो । पहिलोपटक किसनको गीतको लागि एसिस्टेन्ट डिरेक्टरको काम गरेका दीपेन्द्रले दोस्रो पटकमै निर्देशन गर्ने मौका पाए ।

‘पहिलो गीतमै एडी हुँदा पनि मेरो काम देखेर किसन दाइले भिडियो दिनुभयो । त्यसपछि कामका लागि सोच्नु परेन’ दीपेन्द्रले पुराना दिन सम्झिए । म्युजिक भिडियो निर्देशनमा व्यस्त र स्थापित नाम बनेता पनि उनको गन्तव्य फिल्म थियो । त्यसका लागि खुलेको ओस्कार कलेजमा पढ्ने सोच उनले बताए । ‘मलाइ फिल्म निर्देशनको अफर नआएको होइन तर मैले पहिला अध्ययन नै गर्ने निर्णय लिए । अध्ययन गर्दै जाँदा मेरो हैसियत मैले बुझेँ’ दीपेन्द्र भन्छन् , ‘पढाइ सकाउँदासम्म भएको ग्यापले काम केही कम हुन थालेको थियो । पछि यसले म्युजिक भिडियो गर्दैन भन्ने हल्ला भयो ।’

दीपेन्द्रले अध्ययन गरेपछि डकुमेन्ट्री बनाउने सोच बनाए । प्राय पशुपति नाथ गौशालामा पुगिरहने दीपेन्द्रले एक दिन त्यहाँ कथा देखे । त्यसपछि उनलाई त्यसभित्रको कथा खोज्ने रहर लाग्यो । अनि सुरु भयो, ‘कथा भित्रका कथा’ । ‘एकदिन पशुपति पुग्दा मैले त्यहाँ छाप्रोमा खाजा बेच्नेलाई देखेँ । त्यो मानिसले त्यहाँ खाजा बेचेर जीविकोपार्जन गरिरहेका थिए । मलाई उनकोभित्रको कथा जान्न मन लाग्यो र सोध्न थाले’ उनले भने, ‘त्यसपछि मैले डकुमेन्ट्रीमार्फत देखिएको कथाभित्रको कथा देखाउने निर्णय लिए ।’

त्यसपछि उनले पहिलो कथा चेपाङ समुदायबाट लिए । ‘मैले के गर्ने भनेर अनुसन्धान गरेँ । चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै डकुमेन्ट्री बनाउने निर्णय लिए र सुरु गरे कथा भित्रका कथा” उनले भने । मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णु बहादुर प्रजाको सहयोगमा उनले डकुमेन्ट्री तयार गरेका छन् । चेपाङ जंगलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् भन्ने कथालाई उनले डकुमेन्ट्रीमा समेटेको बताएका छन् । उनले यसको मोसन पोस्टर सार्वजनिक गरेदेखि नै प्रतिक्रियाहरू पाइरहेका छन् । फिल्म निर्देशनका लागि गरेको अध्ययन उनले डकुमेन्ट्रीमा प्रयोग गरेका छन् । डकुमेन्ट्री छिटै रिलिज हुने उनले बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ४ : २३ बजे

रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हालसम्म चार प्रदेश र ६४

भारतीय पर्यटकले भरिभराउ पोखरा (तस्बिरहरू)

पोखरा– भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला

इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प

एजेन्सी– मध्य इन्डोनेसियामा मंगलबार ६.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘युरोलोजी’ सेवा सञ्चालन

तुलसीपुर– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी (मूत्ररोग) सेवा सोमबारदेखि सुरु

विपक्षीको एउटै आवाज : सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

काठमाडौं– विपक्षी दलका सांसदहरूले मंगलबार पनि सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्ति