चुनावी खर्चबारे कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ « Khabarhub

चुनावी खर्चबारे कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले प्रतिनिधि सभाको अघिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको अभिव्यक्ति दिएपछि निर्वाचन आयोगले उनीसँग जवाफ मागेको छ ।

‘विभिन्न सञ्चार माध्यम मार्फत कोइरालाले दिएका अभिव्यक्ति अनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकोले त्यसप्रति निर्वाचन आयोगको गम्भिर ध्यानाकर्षण भएको छ,’ निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘त्यस विषयमा के कसो भएको हो सात दिन भित्र आयोगमा जवाफ पठाउन आयोगले ध्यानाकर्षण गराएको छ ।’

केही दिनअघि कोइरालाले २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा ६ करोड रुपैयाँ खर्च भएको बताएका थिए । त्यसपछि उनी विवादमा तानिएका थिए ।

२०७४ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा आयोगले एक जना उम्मेदवारलाई २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने अधिकार दिएको थियो ।

उक्त प्रतिनिधि सभा निर्वाचनमा कोइराला नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

निर्वाचित भएपछि उनले आयोगमा पेश गरेको आफ्नो निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रुपैयाँ पेश गरेको प्रवक्ता पौडेलले जनाए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ५ : १४ बजे

बाढी प्रभावितका लागि अमेरिकाद्वारा पाँच लाख डलर सहयोग

काठमाडौँ– अमेरिकाले नेपालको रसुवामा आएको आकस्मिक बाढीका कारण भएको धनजनको

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा