आचारसंहिता उल्लघंन गरेको भन्दै नेकपा एससँग आयोगले सोध्यो स्पष्टीकरण « Khabarhub

आचारसंहिता उल्लघंन गरेको भन्दै नेकपा एससँग आयोगले सोध्यो स्पष्टीकरण


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको विषयमा नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले शनिबार भृकुटिमण्डपमा आयोजित कार्यक्रममा एकीकृत समाजबादीले आचारसंहिता उल्लंघन गरेको उजुरी प्राप्त भएको र सो विषयमा तीन दिनभित्र जवाफ दिन भनिएको जानकारी दिए ।

त्यस्तै आयोगले चुनाव खर्चबारे दिएको सार्वजनिक भनाइका विषयमा कांग्रेसका नेता डा. शशांक कोइरालासँग जवाफ मागेको छ । २०७४ को निर्वाचनमा कोईरालाको निर्वाचन खर्च विवरण २१ लाख ७५ हजार मात्र उल्लेख भएको र ६ करोड खर्च भएको अभिव्यक्ति दिएको भन्दै यस बिषयमा सात दिनभित्र जानकारी दिन भनिएको प्रवक्ता पौडेलले बताए ।

स्थानीय निर्वाचनका लागि २८ जिल्लाको ४५ लाख २२ हजार मतपत्र छपाइ कार्य सम्पन्‍न भएको प्रवक्ता पौडेलले जानकारी दिए। त्यस्तै सवै निर्वाचन अधिकृतले पाउनेगरि एक एक प्रति मतदाता नामावली पठाएसकेको उनले बताए।

त्यस्तै निर्वाचन आचारसंहिता लागू हुनुअघिसम्म २३ हजार ८ सय मतदाता थपिएको आयोगले जनाएको छ । केन्द्रबाट खरिद गर्नुपर्ने ३८ सामाग्री मध्ये ३५ सामाग्री खरिद भइ आइसकेको र अन्य सामाग्री आउने क्रममा रहेको आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ६ : २८ बजे

आज २०८३ साल असार ३० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३० गते मंगलबार सन् २०२६

मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध हुने फिल्मलाई प्रदर्शन अनुमति नदिइने

काठमाडौँ । सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा

अभिनेत्री केकी अधिकारी भन्छिन् – स्टन्टले देश बन्दैन

काठमाडौं । अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताएकी छन्

शंकास्पद पार्किङ गरिएका १४ वटा सवारी साधन कारबाहीमा

काठमाडौँ । सार्वजनिक सडकमा जथाभावी तथा शंकास्पद रूपमा पार्किङ गरिएका

बाढीले निर्माणाधीन माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनामा क्षति

गण्डकी – कास्कीको अन्नपूर्ण गाउँपालिका ११ स्थित किम्रुङ खोलामा आएको