भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु « Khabarhub

भीरबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु


२८ चैत्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्ला जिल्लाको तल्लो क्षेत्र चंखेली गाउँपालिका–५ को नेप्का गाउँकी एक जना महिलाको भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको छ ।

चंखेली गाउँपालिका–५ को नेप्का गाउँकै तेलपानी वनमा भेडाबाख्रा चराउने क्रममा भीरबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको हो ।

ढुंगा लागेर मृत्यु हुनेमा ४९ वर्षीया पानमती तामाङ रहेको सोही गाउँका स्थानीय बासी तुलवीर तामाङले जानकारी दिए ।

४९ वर्षीया पानमती तामाङको बाख्रा चराउने क्रममा बसेको बेला भीरमाथिबाट खसेको ढुंगा लागेर घटनास्थलमै मृत्यु भएको बताए । बाख्रा चराउन मृतक तामाङ एक्लै गएको बेला दिउँसै ढुंगा लागेर मृत्यु भए पनि घरपरिवारले भने बेलुका मात्र जानकारी पाएको उनले बताए ।

तामाङको घटनास्थल भएको स्थानमा पुगेका परिवारका सदस्य, उनका आफन्त तथा नेप्का गाउँका गाउँले मिलेर बेलुका लास भेट्टाएका थिए । मृतक तामाङ सधैँ गोठालो लाग्दै आएकी थिइन् ।

चंखिली गाउँपालिका केन्द्र पिप्लाङबाट पाँच घण्टा लाग्ने नेप्का गाउँमा वनमा गोठालो गएका बेला ढुंगा लागेर मृत्यु भएका कारण घटनाबारे प्रहरीलाई मृतकका श्रीमान् रञ्जन तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  ७ : ४९ बजे

सरकारले भन्यो- जथाभाबी हेलिकप्टर नउडाउनू

काठमाडौं– सरकारले बाढी पहिरो प्रभावित क्षेत्रमा जथाभाबी हेलिकप्टर नकुदाउन निर्देशन

भोटेकोशी बाढी : खोज, उद्धारका लागि १५ सय बढी सशस्त्र प्रहरी परिचालन

काठमाडौं– रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट

बाढी प्रभावितको उद्धारका लागि सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावितहरुको यथाशीघ्र उद्धारका लागि राज्यको

राहत, उद्धार र पुनःस्थापनामा साझा संयनत्र बनाउन रास्वपा सभापति लामिछानेको प्रस्ताव

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशमा

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

हुम्ला– हुम्लाबाट रोजगारीका लागि रसुवा पुगेका १० जना व्यक्ति सम्पर्कविहीन