जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै « Khabarhub

जजिरा एयरवेजले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्दै


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कुवेतको जजिरा एयरवेजको पहिलो उडान आगामी जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएको छ ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार जजिरा एयरले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ प्रत्यक्ष हवाई सेवा सुरु गर्ने घोषणा गरेको हो ।

यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हुनेछ । यसअघि सन् २०१९ को नोभेम्बरदेखि उक्त विमान सेवा कम्पनीले कुवेत सिटी र काठमाडौँबीच प्रत्यक्ष हवाई सेवा दिदै आएको छ ।

यसको सुरुवातसँगै मध्यपूर्वमा बसोबास गर्ने नेपालीहरूको ठूलो समुदायलाई नेपालको दक्षिण-पश्चिम क्षेत्रमा प्रत्यक्ष हवाई सेवामार्फत जोड्न सकिने र वैदेशिक रोजगारी तथा अन्य प्रयोजनले खाडी मुलुक प्रवेश गर्ने नेपालीहरुका लागि सहज र सुविधाजनक हवाई यात्रा हुने अपेक्षा गरिएको दूतावासले जनाएको छ ।

साथै, शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्न चाहने तीर्थयात्री र पर्यटकहरूको लागि थप सहज हुने जनाएको छ ।

एयरवेजले एक तालिका सार्वजनिक गर्दै कुवेतबाट स्थानीय समय अनुसार साँझ १८:३० बजे उडेको विमान जेठ २ गते १ बजेर ४५ मिनेटमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाएको छ ।

जहाज बिहान २ बजेर ३० मिनेट जाँदा कुवेतका लागि प्रस्थान गर्ने जनाएको छ । जजिरा एयरवेजले साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार उडान भर्नेछ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : २८ बजे

हिलो टेकरै त्रिवि मैदानमा खेल हेर्न जाँदै समर्थक

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

समर्थन मूल्यभन्दा सस्तोमा धान बेच्दै दाङका किसान

दाङ- धान भण्डारण गर्ने ठाउँको अभाव र चाडपर्वका लागि खर्च

पृथ्वी राजमार्ग एकतर्फी अवरुद्ध, पहिरो पन्छ्याइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मुग्लिन बजारनजिकै सीमलधारामा

विराटनगर र सुदूरपश्चिमको खेल अझै भएन सुरु

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल अझै

मधेसका आठ जिल्लामा सुरक्षित आवास कार्यक्रम विस्तारमा जोड

जनकपुरधाम– आर्थिक अवस्था कमजोर भएका तथा विपन्न समुदायको सुरक्षित आवासमा