युक्रेनमा रहेका रुसी सम्पत्ति जफत गरिने | Khabarhub Khabarhub

युक्रेनमा रहेका रुसी सम्पत्ति जफत गरिने


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहालले युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने जानकारी दिएका हुन् ।

उनले युक्रेनको मन्त्रिपरिषद्ले हालैमात्र युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गर्ने विषयको कानुन बनाएको र सो सम्पत्ति जफत गर्ने अनुमति दिएको बताए ।

प्रधानमन्त्री स्मिहालले भने– ‘अब युक्रेनमा रहेका रुसका सबै प्रकारका भौतिक सम्पत्तिहरू युक्रेन राज्यको मातहतमा आएका छन्, मङ्गलबारको मन्त्रिपरिषद् बैठकले सो कानुन बनाएको छ ।’

युक्रेनले रुसको आक्रमणबाट ध्वस्त बनाएका संरचनाहरूको पुननिर्माणका लागि एक कोषको स्थापना गरेको जनाएको छ । रुसको सो सबै सम्पत्ति उक्त कोषमा जम्मा हुने गरी कानुन बनाएको उनले बताए ।

युक्रेनका प्रधानमन्त्रीले युक्रेनले विश्वका अरु देशसँग पनि ती देशमा रहेका सम्पत्तिहरू जफत गर्ने विषयमा पनि अनुरोध गर्ने जनाएको छ ।

उनले ती सम्पत्तिहरु ती देशहरुले जफत गरी युक्रेनको पुननिर्माणसम्बन्धी कोषमा जम्मा गर्ने गरी काम गर्न अनुरोध गरिने जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  १ : ३० बजे

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको

प्लेअफमा पुग्न चेन्नईले पायो २१९ रनको लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरू

टीओआरका संयोजक गिरी भन्छन् : कार्यदलमा कानूनका जानकार हुनुहुन्छ, न्यायोचित सुझाव दिन्छौँ

काठमाडौं– सत्ता पक्षका दल र प्रतिपक्षका दलबीच सहकारी प्रकरणबारे छानबिन

चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौं – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१