रुसमा चार क्षेत्रीय गभर्नरद्वारा राजीनामा « Khabarhub

रुसमा चार क्षेत्रीय गभर्नरद्वारा राजीनामा


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पश्चिमा मुलुकहरूले आर्थिक प्रतिबन्धहरूको घोषणा गरेसँगै रुसमा चार जना क्षेत्रीय गभर्नरहरूले राजीनामा दिएका छन् ।

रुसको टोम्स्क, सराटोभ, किरोभ र मारिएल क्षेत्रका गभर्नरहरुले राजीनामा दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यस्तै, रायजान क्षेत्रका गभर्नरले आफूले दोश्रो कार्यकालका लागि उम्मेद्वारी नदिने घोषणा गरेका छन् । त्यहाँ आगामी सेप्टेम्बर महिनामा चुनाव हुँदैछ ।

रुसका क्षेत्रीय गभर्नरहरु चुनावमार्फत निर्वाचित हुने भएपछि उनीहरु रुसी प्रशासन क्रेमलिनको मातहतमा रहने बताइन्छ । कहिलेकहीँ क्रेमलिनले यस्ता गभर्नरहरुलाई राजीनामा दिन बाध्य समेत पार्ने गरेको बताइन्छ ।

पश्चिमा मुलुकहरुले प्रतिबन्ध लगाएका कारण खस्कँदो रुसी अर्थतन्त्रमाझ क्रेमलिनले कमजोर गभर्नरलाई हटाएको मस्कोस्थित सेन्टर फर द डेभलपमेन्ट अफ रेजिनल पोलिटिक्स नामक थिंक ट्यांकका प्रमुख इलिया ग्राश्चेन्कोभले बताए ।

यो वर्ष सन् २०२२ मा रुसको अर्थतन्त्रमा ८ दशमलब ८ प्रतिशतको संकुचन आउने रुसी अर्थ मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  २ : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै