मोदीको भ्रमणअघि भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण « Khabarhub

मोदीको भ्रमणअघि भारतीय वायुसेनाको विमान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण



भैरहवा- निर्माण सम्पन्न भई उद्घाटनको तरखरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहान १० बजे पहिलो पटक अन्तर्राष्ट्रिय विमानले अवतरण र उडान गरेको छ । भारतीय वायु सेनाको आइएल ७६ विमान सुरक्षा अधिकारीसहित सुरक्षा सामग्री, सवारीसाधन र बन्दोबस्तीका सामान लिएर भैरहवा विमानस्थलमा अवतरण गरेको हो ।

२ जेठमा (बुद्ध जयन्ती) मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी भ्रमण गर्न लागेकाले उनकै सुरक्षामा आवश्यक सामग्री लिएर आज विमान आएकाे हाे । विमानमा करिब चार दर्जन स्पेशल प्रोटेक्सन गार्ड (एसपीजी) का अधिकारी, चार वटा बुलेट प्रुफ गाडी, सुरक्षाका सामाग्री दिल्लीबाट सिँधै भैरहवा आएको हो । यो नै पहिलो अवतरण र उडान गर्ने अन्तराष्ट्रिय विमान भएकाे विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले जानकारी दिए ।

यो चार्टड विमान कुटनीतिक उडान हो, मोदीले प्रयोग गर्ने गाडी र सामानसहित आएको विमान अढाई घण्टापछि फर्केको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी २ जेठदेखि व्यवसायिक उडान गरी उद्घाटन हुँदैछ । कुवेतको जजिरा एयरलायन्सले यहाँबाट व्यवसायिक उडान गर्न अनुमति पाइसकेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ३ : ०७ बजे

रसुवा जाने वैकल्पिक बाटोमा सास्ती (तस्बिरहरु)

रसुवा– भोटेकोसी नदीमा आएको बाढीका कारण मुख्य सडक अवरुद्ध भएपछि

एसीसी प्रिमियर कप : बहराइनले नेपाललाई दियो ८८ रनको लक्ष्य

काठमाडौँ– एसीसी प्रिमियर कप क्रिकेटमा नेपाल र बहराइनबीच प्रतिस्पर्धा भइरहेको

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ