मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने « Khabarhub

मतदान गर्न डेढ घण्टा हिँड्नुपर्ने


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको पर्यटकीय क्षेत्र लाङटाङस्थित क्यान्जिनका मतदाताले डेढ घण्टाको पैदल हिँडेर मतदान गर्ने भएका छन् । क्यान्जिनबाट लाङटाङ पुग्न दुई घण्टा लाग्छ । लाङटाङस्थित मुन्डुप सामुदायिक केन्द्रमा मतदान केन्द्र तोकिएको छ ।

क्यान्जिनमा ४५ घरधुरी रहेका छन् । त्यहाँका अधिकांशले होटल व्यवसाय गरेका छन् । क्यान्जिनमा करिब ७० जना मतदाता रहेका छन् । निर्वाचनको दिन होटल बन्द गरेर त्यस क्षेत्रका नागरिक मतदान गर्ने भएका छन् । 

क्यान्जिनका ग्याल्बो तामाङले २०४९ सालपछिको निर्वाचनमा मतदान गर्दै आएका छन् । उनले सबै निर्वाचनमा भाग लिएको बताए । शुक्रबार हुने निर्वाचनमा डेढ घण्टा हिँडेरै भए पनि मतदान गर्न आफू उत्साहित भएको उनी बताउँछन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालका अनुसार लाङटाङस्थित मतदान केन्द्रमा निर्वाचन गराउन मतदान अधिकृत गोपी विश्वकर्मा, सहायक मतदान अधिकृत प्रेम शंकर प्रसाद, सहायक कर्मचारी राजकुमार थापा पहारी र कार्यालय सहयोगीको रूपमा नन्दलाल न्यौपाने खटाइएको छ । 

निर्वाचन टोलीले बुधबार सर्वदलीय बैठक राखेर आवश्यक प्रक्रिया सुरु गरेका छन् । पाँच सयभन्दा कम मतदाता रहेका केन्द्रमा चार जना कर्मचारी खटाइने प्रावधान अनुसार कर्मचारी खटाइएको बताइएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ५ : २५ बजे

सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरका सरकारी स्वास्थ्य संस्थालाई सरकारी

मुटु, प्रेसर र कोलेस्ट्रोलको लागि वरदान सावित, तिलका १० चमत्कारी फाइदा 

जाडो मौसम र हाम्रो परम्परासँग जोडिएको ‘तिल’ को वैज्ञानिक महत्त्व

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिप, जर्नी अफ इम्प्याक्ट’ कार्यक्रम सम्पन्न

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल

कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)

काठमाडौं– बुधबारका लागि नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमिति बैठकमा

देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ

काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र