चीनद्वारा सर्बियालाई ‘गोप्य’ विमानभेदी हतियार आपूर्ति « Khabarhub

चीनद्वारा सर्बियालाई ‘गोप्य’ विमानभेदी हतियार आपूर्ति


२८ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाल्कन मुलुक सर्बियाले चीनबाट ‘गोप्य’ विमानभेदी क्षेप्यास्त्र प्राप्त गरेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेसँगै पूर्वी युरोपमा तनाव बढिरहेका बेला सर्बियाली सेनाले चीनबाट अत्याधुनिक विमानभेदी क्षेप्यास्त्र प्रणाली आपूर्ति गरेको हो ।

फाइनान्सियल पोष्टका अनुसार चीनले सर्बियाको राजधानी बल्ग्रेडमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट आएका ६ वटा कार्गो विमानले जमिनबाट आकाशमा मार हान्न सक्ने हतियार ल्याएका थिए । यद्यपि यसबारे सर्बियाली पक्षले कुनै टिप्पणी नगरेको जनाइएको छ ।

यसअघि पनि चीनले सर्बियालाई हतियार उपलब्ध गराउँदै आएको थियो । यसबाहेक चीनले टर्की र बुल्गेरियालाई पनि हतियार आपूर्ति गरेको बताइएको छ ।

नेटो सदस्य मुलुकहरु टर्की र बुल्गेरियालाई हतियार आपूर्ति गरेबाट चीनको अन्तर्राष्ट्रिय पहुँच बढ्दै गएको विश्लेषण गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सर्बियालाई चीनले हतियार आपूर्ति गरेबाट कोसोभोको सार्वभौमिकता बारे पश्चिमा मुलुकलाई चिन्तित तुल्याएको विश्लेषण गरिएको छ । हाल स्वशासित रुसमा शासन चलाइरहेको कोसोभोलाई सर्बियासँगै चीन र रुसले पनि स्वतन्त्र राज्यको मान्यता दिएका छैनन् ।

यसअघि सन् २०२० अमेरिकाले सर्बियालाई चिनियाँ विमानभेदी हतियार एचक्यू २२ खरिद नगर्न चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ७ : २८ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा