फोहोरको डङ्गुरका कारण अहिले काठमाडौंको बाटो हिँड्नसमेत मुस्किल छ। फोहो व्यवस्थापन अहिले काठमाडौं महानगरपालिका र सिङ्गो मुलुककै लागि टड्कारो चुनौती बनेको छ। त्यसमाथि फोहोरको व्यवस्थापनका लागि भन्दै ल्याइएका योजना पनि छोटो समयका लागि लागू हुने गरेका छन्।
सिस्डोल वा बन्चरेडाँडाको डम्पिङ साइटमा लगेर फोहोर फाल्दैमा समस्याको हल हुने बुझाइका कारण यस्तो अवस्था आएको जानकार बताउँछन्। नेपालमा फोहोरलाई पुनःप्रयोग गर्ने, एउटै वा नयाँ प्रयोजनका लागि पुरानै सामानको प्रयोग गर्ने वा फोहोरको उपचार गरेर यसबाट ऊर्जा, मल तथा अन्य अवयवको उत्पादन गर्ने र फोहोरलाई आयको स्रोतमा परिणत गर्ने कुरा नारा र सरकारी योजनामा मात्र सीमित हुँदै आएका छन्। फोहोरको दिगो व्यवस्थापन अझै हुन सकेको छैन।
तर, उत्तर युरोपेली मुलुक स्वीडेनमा भने यस्तो अवस्था छैन। स्विडेन सफा मात्रै छैन फोहोर व्यवस्थापनमा स्वीडेनको अभ्यास सफल पनि छ। फोहोर व्यवस्थापनमा उत्तर युरोपेली मुलुक स्वीडेनको अभ्यासलाई विश्वकै उदाहरणीय मानिन्छ। स्वीडेनमा उत्पादन भएका कूल फोहोरमध्ये केबल १ प्रतिशत मात्रै ल्याण्डफिल साइटमा पुग्ने गरेको बताइन्छ।
नेपालमा फोहोरलाई पुनःप्रयोग गर्ने, एउटै वा नयाँ प्रयोजनका लागि पुरानै सामानको प्रयोग गर्ने वा फोहोरको उपचार गरेर यसबाट ऊर्जा, मल तथा अन्य अवयवको उत्पादन गर्ने र फोहोरलाई आयको स्रोतमा परिणत गर्ने कुरा नारा र सरकारी योजनामा मात्र सीमित हुँदै आएका छन्।
स्वीडेनको फोहोर व्यवस्थापन संघको तथ्यांक अनुसार सन् २०२० मा त्यहाँ ४८ लाख ३९ हजार ४ सय ३० टन घरेलु फोहोर उत्पादन भएको थियो। यसमध्ये ४६ प्रतिशत फोहोरलाई ऊर्जामा परिणत गरिएको संघले जनाएको छ। ९० प्रतिशत सरकारी लक्ष्य रहेकोमा सो अवधिमा ८६ प्रतिशत प्लास्टिकका बोतल र ८७ प्रतिशत आल्मुनियमका भाँडाहरु पुनःप्रयोग गरिएको संघको तथ्यांक छ। त्यस्तै, सरकारी लक्ष्य ६५ प्रतिशत रहेकोमा ६१ प्रतिशत प्याकेजिङजन्य फोहोर पुनःप्रयोग गरिएको छ।
स्वीडेनमा प्रायः स्रोतमा नै फोहोर छुट्याइन्छ। यस्तो अभ्यासले फोहोरको व्यवस्थापन गर्न अत्यन्त सहज हुने बताइन्छ। स्वीडेनले अहिले शून्य फोहोर नीतिलाई अघि सारेको छ। फोहार नभएका कारण स्वीडेनले विदेशबाट फोहोर आयात गरेको भन्ने समाार पनि बेलाबेला सार्वजनिक हुने गरेका छन्।
स्वीडेनमा सन् १९९४ देखि प्लास्टिकका बोतलका लागि पुनःप्रयोग केन्द्रको स्थापना गरिएको छ। यस्ता केन्द्रमा कसैले पुनःप्रयोग गर्न मिल्ने फोहोर मिल्काएको खण्डमा निश्चित पैसा पाइने प्रावधान छ।
स्वीडेनले प्राप्त गरेको यो सफलता दशकौँको प्रयासपछिमात्र सार्थक भएको हो। फोहोरको दिगो व्यवस्थापनका लागि सरकारले फोहोरप्रति मानिसको दृष्टिकोण नै परिवर्तन गरेको बताइन्छ। स्वीडेनमा सन् १९९४ देखि प्लास्टिकका बोतलका लागि पुनःप्रयोग केन्द्रको स्थापना गरिएको छ। यस्ता केन्द्रमा कसैले पुनःप्रयोग गर्न मिल्ने फोहोर मिल्काएको खण्डमा निश्चित पैसा पाइने प्रावधान छ।
त्यस्तै, सन् २००२ देखि सन् २००५ सम्म स्वीडेनले जैविक र कागजजन्य फोहोरलाई ल्याण्डफिलमा लगेर फाल्न प्रतिबन्ध लगाएको थियो। यसबाट स्वीडेनको फोहोर संस्कृतिमा व्यापक परिवर्तन आएको बताइन्छ। स्वीडेनको फोहोर व्यवस्थापन संघका अनुसार सन् १९७५ मा औसत स्विडिश नागरिकले १ किलो फोहोरको पुनःप्रयोग गरेकोमा सन् २०१६ मा यो बढेर १६२ किलो पुगेको छ। त्यस्तै, त्यसबेला औसत नागरिकले उत्पादन गरेकोमध्ये १९५ किलो फोहोर ल्याण्डफिलमा बिसर्जन गरिन्थ्यो भने सन् २०१६ मा औसत नागरिकले उत्पादन गरेको केबल ३ किलो फोहोरमात्र ल्याण्डफिलमा बिसर्जित हुने गरेको छ।
उदाहरणका लागि राजधानी स्टकहोल्ममा बसोबास गर्ने ३१ वर्षे डेनियल सिल्बरस्टाइन घरबाट निस्किनुअघि हरेक दिन आफूले प्रयोग गरेका खाली कार्टुन र प्याकेजिङका वस्तु नजिकै राखिएका पुनःप्रयोग गर्न सकिने फोहोरको कन्टेनरमा लगेर राख्छन्। स्वीडेन सरकारको आधिकारिक वेबसाइटका अनुसार सिल्बरस्टाइनजस्ता स्विडिश नागरिकले हरेक वर्ष दुई टनभन्दा धेरै फोहोर पुनःप्रयोग गर्छन्।
फोहोरको उत्पादन रोक्नु प्रमुख प्राथमिकतामा छ। एउटै वा नयाँ उद्देश्यका लागि पुरानो वस्तुको प्रयोग स्वीडेन सरकारको दोस्रो प्राथमिकतामा छ भने फोहोरको भौतिक पुनःप्रयोग र जैविक उपचार तेस्रो प्राथमिकतामा छ।
‘पुनःप्रयोगको भनेको यान्त्रिक कुरा हो’, उनी भन्छन्, ‘तपाईंले फोहोर छुट्याउने बेला थाहै नपाई यसो गरिरहनुभएको हुन्छ। यो दैनिक जीवनमा हाम्रो उपभोग व्यवहारकै एउटा पाटो हो।’ उनकी छोरी चार्ली पनि उनीसँगै स्टकहोल्ममै बस्छिन्। ‘भविष्यमा हाम्री छोरीले कस्तो वातावरण पाउँछिन् भन्ने मुख्य चासो हो। म ९० को दशकको मान्छे हुँ र पुनःप्रयोग नगर्नु हाम्रा लागि अनौठो कुरा भइसकेको छ, तर आस गरौँ चार्लीको पुस्ता यस विषयमा हामीभन्दा धेरै अघि हुनेछ।’
यसअघि सन् २०१७ मा सरकारले कर प्रणालीमा सुधार गर्दै पुनःप्रयोग वस्तुको उपयोग गर्दा मर्मत खर्चमा कटौती गर्ने कार्यक्रम अघि सारेको थियो। स्वीडेनको फोहोर व्यवस्थापन संघका अनुसार यसका लागि स्वीडेनले फोहोरको उत्पादन रोक्नुलाई प्रमुख प्राथमिकतामा राखेको छ। त्यस्तै, एउटै वा नयाँ उद्देश्यका लागि पुरानो वस्तुको प्रयोग स्वीडेन सरकारको दोस्रो प्राथमिकतामा छ भने फोहोरको भौतिक पुनःप्रयोग र जैविक उपचार तेस्रो प्राथमिकतामा छ।
त्यस्तै, ऊर्जा उत्पादन र अन्य पुनःप्रयोगलाई स्वीडेन सरकारले चौथो प्राथमिकता दिएको छ भने ल्याण्डफिलमा लगेर फोहोरको बिसर्जन गर्ने कार्यलाई स्वीडेन सरकारले फोहोर व्यवस्थापनको प्राथमिकताको सूचीको पुछारमा राखेको छ।
स्वीडेनमा उत्पादितमध्ये ४९ प्रतिशत फोहोर पुनःप्रयोग हुन्छ। त्यस्तै झण्डै ५० प्रतिशत फोहोरलाई उच्च तापमा फोहोर जलाउने मेसिनमा उपचार गरिन्छ। यस्ता मेसिनमा फोहोरको उपचार गर्दा विद्युत, ताप, ग्यास, मलजस्ता अवयवहरु पनि उत्पादन हुने र यसबाट आय आर्जन हुने र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभावसमेत पर्न जाने गरेको बताइन्छ।
उदाहरणका लागि स्टकहोल्मबाट १२५ माइल दक्षिणमा रहेको लिङ्कोपिङ सहरमा टेक्निस्का भेर्केन नामक स्थानीय सरकारी कम्पनीले यस्तै मेसिन सञ्चालन गर्दै आएको छ। यस फोहोर व्यवस्थापन केन्द्रमा दैनिक फोहोरलाई १५ सय डिग्री फरेनहाइटमा जलाइन्छ। यो प्रक्रिया २४ सै घण्टा जारी रहने अमेरिकी अखबार न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएको छ।
‘हामी यसलाई फोहोरको रुपमा हेर्दैनौँ।’ उक्त कम्पनीका उपाध्यक्ष क्लास गुस्ताफसन भन्छन्, ‘हमी फोहोरको ऊर्जा सकेसम्म प्रयोग गर्छौँ।’ कम्पनीका अनुसार हरेक चार टन फोहोरमा एक टन तेल, १.६ टन कोइला र ५ टन बराबर ऊर्जा रहेको हुन्छ। यस विधिबाट फोहोर व्यवस्थापन गर्दा उच्च ताप पैदा हुनेगर्छ। टर्बाइनका माध्यमबाट उक्त तापलाई विद्युतीय ऊर्जामा परिणत गर्न सकिने न्यूयोर्क टाइम्सले जनाएको छ।
स्वीडेनमा जलविद्युत र आणविक स्रोतबाट ८३ प्रतिशत विद्युत उत्पादन हुने गरेको छ । स्वीडेनमा ७ प्रतिशत विद्युत हावाबाट उत्पादन गरिन्छ।
यद्यपि स्वीडेनमा फोहोरबाट उत्पादन हुने ऊर्जाको मात्र अत्यन्त कम छ। उदाहरणका लागि स्वीडेनमा जलविद्युत र आणविक स्रोतबाट ८३ प्रतिशत विद्युत उत्पादन हुने गरेको छ । स्वीडेनमा ७ प्रतिशत विद्युत हावाबाट उत्पादन गरिन्छ। स्वीडेनको फोहोर व्यवस्थापन संघका अनुसार फोहोरबाट उत्पादित विद्युतबाट १२ लाख ५० हजार अपार्टमेन्टमा हिटिङ र ६ लाख ८० हजार घरमा विद्युत आपूर्ति गरिँदै आएको छ। फोहोरलाई जलाउँदा यसका नकारात्मक असर पनि उत्तिकै रहेका छन्।
फोहोर जलाउने मेसिनले पनि कोइला वा जैविक ऊर्जाबाट चल्ने मेसिनलेझैँ प्रदूषण उत्सर्जन गर्छन्। तर, यसबाट ल्याण्डफिल साइटमा फोहोर फाल्दा उत्पादन हुने मिथेन ग्यासको उत्सर्जनमा भारी गिरावट आउने बताइएको छ।
प्रतिक्रिया