निसीखोलाका टोलमै पुगेर स्वास्थ्य परीक्षण « Khabarhub

निसीखोलाका टोलमै पुगेर स्वास्थ्य परीक्षण


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङको निसीखोला गाउँपालिकाले पालिकाअन्तर्गतका ज्येष्ठ नागरिक, अपाङ्गता तथा गर्भवती महिलाको प्रत्येक महिना टोल–टोलमै पुगेर स्वस्थ्य परीक्षण गर्ने भएको छ ।

गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नयाँ आर्थिक वर्षदेखि स्वास्थ्य परीक्षण गरिने निर्णय भएको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा गर्भवती महिला स्वास्थ्य संस्थामा पुगेर स्वास्थ्य परीक्षण र उपचार गराउन नसक्ने हुँदा गाउँपालिकाले टोलमै पुगेर स्वास्थ्य परीक्षण गर्ने योजना बनाएको अध्यक्ष घर्तीमगरको भनाइ छ ।

अध्यक्ष घर्तीमगरले भने, ‘उहाँहरुलाई स्वास्थ्य संस्थामा गएर स्वास्थ्य परीक्षण गराउन समस्या हुने हुँदा गाउँपालिकाले नै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने भएको छ, हरेक महिना टोल–टोलमा पुगेर त्यस्ता नागरिकको स्वास्थ्य परीक्षण गर्ने छ भने आवश्यक औषधिको समेत व्यवस्थापन गर्ने योजना बनाएका छौँ ।’

गाउँपालिकाले स्वास्थ्य परीक्षणका लागि टोल–टोलमै स्वास्थ्यकर्मी खटाउने अध्यक्ष घर्तीमगरको भनाइ छ । उनले गाउँपालिकामा रहेका अपाङ्गता र ज्येष्ठ नागरिकको तथ्याङ्कसमेत सङ्कलन गरी स्वास्थ्य परीक्षणलाई प्रभावकारी गराउने बताए । अध्यक्ष घर्तीमगरले गाउँपालिकाले सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्नेसमेत निर्णय गरेको बताए।

गाउँ कार्यपालिका बैठकले पालिकाको आफ्नै एम्बुलेन्स सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकामा कुनै पनि बिरामी परे उनीहरुलाई तुरुन्तै अस्पतालसम्म पुर्‍याउनका लागि अहिले निसीखोलामा एउटा पनि एम्बुलेन्स छैन । अब गाउँपालिकाले नयाँ आर्थिक वर्षमा एम्बुलेन्स खरिद गर्ने अध्यक्ष घर्तीमगरको भनाइ छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ९ : ३० बजे

वनमन्त्री चौलागाईंद्वारा भौतिक मन्त्रालयको पदभार ग्रहण

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन

काठमाडौं– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि

सञ्जय दत्तले गरे पशुपतिनाथ दर्शन, आजै स्वदेश फर्किने

काठमाडौं–  बलिउड अभिनेता सञ्जय दत्तले पशुपतिनाथ मन्दिरमा दर्शन गरेका छन्

तनहुँमा एक हजार ५७३ निर्वाचन प्रहरी भर्ना गरिँदै

दमौली– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ

दार्चुला– जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ