पूर्वमन्त्री मिथिला चौधरीको निधन « Khabarhub

पूर्वमन्त्री मिथिला चौधरीको निधन


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी – पूर्वजनसंख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको निधन भएको छ । चौधरीको शुक्रबार राति ५७ वर्षको उमेरमा निधन भएको हो । क्यान्सरबाट पीडित चौधरीको भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उनकी छोरी रक्षा चौधरीले बताइन्  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ साउन ११ गते विभिन्न चार पार्टीबाट १९ नयाँ मन्त्री थप्दा मिथिला चौधरीले जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन् । त्यसबेला चौधरी नेकपा (संयुक्त)को सांसद थिइन् । संविधान सभा २०७० को सभासद् रहेकी चौधरी मन्त्री भएकै बेला नेकपा (संयुक्त) र नेकपा माओवादी केन्द्रबीच एकता भएको थियो । देउवाले मन्त्रिपरिषद् पुर्नगठन गरी ६४ सदस्यीय बनाएका थिए ।

वि.सं. २०२२ साल चैत्र ७ गते धनुषा जिल्लाको जनकपुर नगरपालिका–८ मा जन्मेकी चौधरीको विवाह सप्तरीको राजविराज–५ निवासी अधिवक्ता तथा नेकपा संयुक्तका नेता मदनमोहन चौधरीसँग भएको थियो । उनको श्रीमान्, एक छोरा र दुई छोरी छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ११ : ५४ बजे

रसुवा बाढी : ७,५१४ जनाको उद्धार, ६७५ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा