काठमाडौँ– बलिउडका कोरियोग्राफर टेरेन्स लुइस र डान्स क्विन नोरा फतेहीको केमेष्ट्री रियालिटी शो मा देखिने गरेको छ । डान्सिङ शोहरुमा यी दुईले स्टेज सेयर गर्दा देखिने केमेष्ट्रीलाई दर्शकले रुचाउने गरेका छन् । त्यसैले गर्दा नोरासँग टेरेन्सको सम्बन्ध रहेको चर्चा बेलाबखतमा चल्ने गरेको छ । रियालिटी शोहरुमा यी दुईको चर्चा विशेष हुने गरेको छ । यसैले गर्दा गसिप समेत हुने गरेको छ ।
हालै टेरेन्सले एक अन्तर्वार्ताका क्रममा यी आफ्नो र नोराको सम्बन्धका बारेमा बोलेका छन् । ‘हामी स्टेजमा रहेसम्म केमेष्ट्री राम्रो बनाउन कुनै कसर बाँकी राख्दैनौ । तर हामी बीच त्यस्तो प्रेम सम्बन्ध छैन । यद्यपि प्रेम छ’ टेरेन्सले भने । उनले नोरासँग दैनिक भेटघाट वा फोनमा कुराकानी नहुने भएता पनि आफूहरूले मित्रताको रिलेशन मेन्टेन गरेको बताए । ‘हामीले आफ्नो सम्बन्धलाई मेन्टेन गरेका छौँ । नोरा पोजेटिभ इनर्जी भएको एक सुन्दरी हुन् । उनीसँग स्टेज सेयर गर्दा खुशी लाग्छ’ उनले भने ।
सुरुवाती समयमा नोरालाई टेरेन्सकै नजिकका मित्र कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाको क्याम्पकी डान्सरको रुपमा चिनिन्थ्यो । डान्स मार्फत दर्शकको मन जितेकी नोराले विस्तारै फिल्ममा समेत अविने गर्न थालिन् ।