उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री नियुक्त « Khabarhub

उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री नियुक्त


२८ जेष्ठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइलाई उत्तर कोरियाको विदेश मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

यसअघि उपविदेश मन्त्रीको रुपमा रहेकी हुइले निवर्तमान विदेशमन्त्री रि सोन ग्वोनलाई विस्थापित गरेकी हुन् ।

कूटनीतिक सेवाको पृष्ठभूमिकी उनले दुईपक्षीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेको जनाइएको छ । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान रहेको बताइन्छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले उनले उत्तर कोरियाली विदेश मन्त्रालयको जिम्मेवारी कसरी सम्हाल्छिन् भन्ने चासो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २८ जेष्ठ २०७९, शनिबार  ४ : ०६ बजे

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज, समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिबद्धता

गोरखा – सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्‍याउन

मेलम्ची आयोजनाले सडक बन्द गर्दा स्थानीयवासीलाई सास्ती, एक सातादेखि आवागमन ठप्प

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट सिन्धुपाल्चोक र नुवाकोट जाने सडक

पत्रकार पक्राउ गर्नेमाथि कारबाही गर्न सरकारलाई रास्वपाको निर्देशन

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथि भएको धरपकडको घटनाको