उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री नियुक्त « Khabarhub

उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री नियुक्त


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइलाई उत्तर कोरियाको विदेश मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

यसअघि उपविदेश मन्त्रीको रुपमा रहेकी हुइले निवर्तमान विदेशमन्त्री रि सोन ग्वोनलाई विस्थापित गरेकी हुन् ।

कूटनीतिक सेवाको पृष्ठभूमिकी उनले दुईपक्षीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेको जनाइएको छ । उनलाई अङ्ग्रेजी भाषाको पनि राम्रो ज्ञान रहेको बताइन्छ ।

अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प समेत सहभागी भएको उत्तर कोरिया र अमेरिकी शीर्ष नेताहरूको शिखर बैठकमा पनि उनले महत्वपूर्ण भूमिका खेलेकी थिइन् ।

अन्य देशहरूसँगको विविध वार्ता तथा छलफलहरूमा पनि सहभागी भएको र विदेशी कतिपय कूटनीतिज्ञहरूसँग पनि आफ्नै विशेष सम्बन्ध भएकाले उनले उत्तर कोरियाली विदेश मन्त्रालयको जिम्मेवारी कसरी सम्हाल्छिन् भन्ने चासो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ४ : ०६ बजे

महाकालीमा टेलिकमको तार तान्ने क्रममा सशस्त्र प्रहरीका असई बेपत्ता

काठमाडौं – कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा अवरुद्ध टेलिफोन तथा इन्टरनेट

निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित भएपछि पार्टी कार्यालय पुगे विश्वप्रकाश

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्विरोध वरिष्ठ उपसभापति निर्वाचित

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड