नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो « Khabarhub

नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुग्यो


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सबैभन्दा बढी जनसंख्या भएको अफ्रिकी मुलुक नाइजेरियामा मङ्कीपक्स सङ्क्रमितको सङ्ख्या ३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मङ्कीपक्सबारे सार्वजनिक पछिल्लो विवरणमा नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) ले भनेको छ ‘नाइजेरियामा जनवरीदेखि ११० जनामा मङ्कीपक्सका शङ्कास्पद बिरामी भेटिएको र कूल १२ राज्यमा यो अवधिमा ३१ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ ।

उक्त रिपोर्टअनुसार नाइजेरियामा मङ्कीपक्स प्रकोपको खतरा धेरै भएको कारण मे महिनादेखि राष्ट्रिय आकस्मिक परिचालन केन्द्रलाई सक्रिय बनाइएको छ ।

मङ्कीपक्सका लक्षणहरूमा अचानक ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, घाँटी दुख्ने, घाँटी र बङ्गारामुनि ग्रन्थी बढ्ने त्यसपछि अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्ताङ्ग र शरीरको अन्य भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पीप जम्ने समस्या देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वभरका विभिन्न देशहरूमा अचानक मङ्कीपक्स देखा पर्दा यो भाइरस पश्चिम र मध्य अफ्रिकी देशहरूभन्दा बाहिर केही समयदेखि फैलिरहेको देखिन्छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ८ : ०३ बजे

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै

भोजपुर– गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने

सुरू भयो ‘ट्रम्प गोल्ड कार्ड’ : अब १४ करोड तिरे पाइन्छ अमेरिकी नागरिकता

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ‘ट्रम्प गोल्ड कार्ड’ का

थाइल्यान्ड-कम्बोडिया सीमामा भएको झडपमा नौ जना थाई सैनिकको मृत्यु

बैङ्कक– कम्बोडियासँग चलिरहेको सीमा झडपमा  नौ थाई सैनिकको मृत्यु हुनुका

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी– यस वर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत

हुम्लाका २५ मतदानस्थल अति संवेदनशील

सिमकोट– यहाँका २७ मतदानस्थललाई भौगोलिक विकटता र राजनीतिक विवादका कारण अति