इटालीमा फेरि कोरोना सङ्क्रमण दर बढ्यो « Khabarhub

इटालीमा फेरि कोरोना सङ्क्रमण दर बढ्यो


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालीको कोरोना भाइरस सङ्क्रमण दर फेरि बढेको पाइएको छ । इटालीको नेसनल इन्स्टिच्युट अफ हेल्थ (आइएसएस) ले दिएको विवरणअनुसार एक हप्ताको अवधिमा हप्तौँपछि पहिलो पटक सङ्क्रमण हुनेहरूको सङ्ख्या बढेर प्रति एक लाख बासिन्दाहरूमा २२२ जनामा सङ्क्रमण देखिएको छ ।

यो वृद्धि अघिल्लो हप्ताभन्दा १५ व्यक्तिले बढी हो । शुक्रबारसम्म इटालीमा कोभिड–१९ का छ लाख २० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए । यो २८ डिसेम्बर २०२१ देखिको सबैभन्दा कम संख्या हो ।

महामारीको चरम अवस्थामा इटलीमा करिब २८ लाख सक्रिय सङ्क्रमित रहेका थिए । इटली कोभिडका कारण सुरूमा बढी प्रभावित यूरोपेली मुलुकमध्ये एक हो ।

शुक्रबार इटलीमा करिब २१ हजार ५०० नयाँ संक्रमणहरू भए र यो अघिल्लो दिनको तुलनामा २०० भन्दा कम हो । यसैबीच, अघिल्लो २४ घण्टामा ५२ जना नयाँ कोभिड सङ्क्रमित व्यक्तिको मृत्यु भएको पनि सरकारी विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ११ : २८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना