विपद्को समयमा तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री खाणको निर्देशन « Khabarhub

विपद्को समयमा तयारी अवस्थामा रहन सशस्त्र प्रहरीलाई गृहमन्त्री खाणको निर्देशन


२८ जेठ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृहमन्त्री बालकृष्ण खाणले विपद्को समयमा पूर्वतयारी र विपद्पछि खोजी र उद्धारका लागि सदैव तयारी अवस्थामा रहन सशस्त्र प्रहरी बललाई निर्देशन दिएका छन् ।

सशस्त्रको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारमा सञ्चालित गोताखेर तालिमको समापन गर्दै मन्त्री खाणले विपद् जोखिम न्यूनीकरणका लागि सशस्त्र प्रहरी बल नेपाल अब्बल सुरक्षा निकायको रुपमा प्रस्तुत भएको बताए । उनले यस्ता कार्यका लागि नेपाल सरकार र गृहमन्त्रालयका तर्फबाट निरन्तर सहयोग र सहजीकरण हुने विश्व व्यक्त गरे।

समारोहमा मन्त्री खाणले तालिममा प्रथम भएका सशस्त्र प्रहरी जवान शिव कोलीलाई पुरस्कार प्रदान गरे । उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका तर्फबाट उपलब्ध गराइएको ९७ लाख बराबरको विभिन्न किसिमका विपद् उद्धार सामग्रीसमेत हस्तान्तरण गरेका थिए । मन्त्री खाणले डिजास्टर म्यानेजमेन्टर रेकर्ड एण्ड एक्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए।

सोही अवसरमा गृहमन्त्री बालकृष्ण खाँणले सशस्त्र प्रहरी बल नेपाल तालिम शिक्षालय कुरिन्टारमा रहेको डिजास्टर म्यानेजमेन्ट रेकर्ड एण्ड एम्जिविसन सेन्टरको समेत अवलोकन गरेका थिए ।

समारोहमा गृहसचिव टेकनाराण पाण्डेले विपद्‍मा परेका आम नागरिको जीउ धनको सुरक्षा गर्नु सबैको कर्तव्य भएको बताउँदै विपद् तथा महामहारी आउनुभन्दा अगावै पूर्व तयारी भएर बस्न सकियो भने कार्यक्षेत्रमा सदैव सफलता मिल्ने बताए ।

प्रकाशित मिति : २८ जेठ २०७९, शनिबार  ११ : ४२ बजे

एमसीसी कम्प्याक्टअन्तर्गत सडक मर्मतका लागि दुई सम्झौता

काठमाडौं- एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) कम्प्याक्टअन्तर्गत सडक मर्मत कार्य

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो

काठमाडौं- आइतबार घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार पनि

बोर्डको साप्ताहिक ब्रिफिङमा हराएको सुरक्षा पन्त स्टारर ‘धागो’को व्यापार ३९ हजार

काठमाडौं – व्यापार बढाइँचढाइ गरेर दर्शकलाई हलसम्म तान्ने मेकरहरूको कुचेष्टा

बेकोले सुरु गर्‍यो विशिष्ट ग्राहक अभियान : घरको लागि डिजाइन, क्रिकेटको उत्साहसँग विभूषित

काठमाडौं– बेकोले नेपाली बजारमा एक ग्राहक अभियानको सुरुवात गरेको छ ।

तीन सय शय्यासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल 

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालमा कार्यरत बहालवाला तथा पूर्व सशस्त्र