‘श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था नआओस्’ « Khabarhub

‘श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था नआओस्’


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका सांसद् नवराज सिलवालले नेपालका शासकहरु पनि श्रीलंकामा जस्तै सिंहदरबार र बालुवाटारबाट भाग्ने अवस्था आउने चेतावनी दिएका छन् ।

आजको प्रतिनिधिसभाको बैठकको सुरुमा विशेष समय लिएर उनले यस्तो चेतावनी दिएका हुन्। मुलुकको वर्तमान आर्थिक अवस्था खतराको डिलमा रहेको बेलाप्रहरीलाई हतियार खरिद गर्न लागिएको भन्दै उनले आपत्ति जनाएका हुन्।

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीलाई हतियार किन्न रकमान्तर गरेको सुचना बाहिरिएको भन्दै उनले कमिसनको खेल भएको आरोप लगाए।

अहिलेको पाँच दलीय गठबन्धनको सरकार पनि श्रीलंकाकै बाटोमा हिडेँको उनको विश्लेषण‍ छ । सुडान घोटालाको स्मरण गर्दै उनले भने, ‘नेपाल प्रहरीलाई हतियार आवश्यक नभए पनि बिचौलियाहरूले फाइल खडा गरेर राजनीतिक नेतृत्वसँग सेटि‍ङ गरेर भ्रष्टाचार हुन्छ।’ नेपाल प्रहरीलाई अहिले हतियार होइन प्रविधि चाहिएको छ।’ उनले अघि भने।

 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ११ : ३२ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति