सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ « Khabarhub

सांसदले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले शून्य समय र विशेष समयमा सांसदहरुले उठाएका विषयमा उचित जवाफ दिन रुलिङ गरेका छन् ।

आजको प्रतिनिधिसभाको बैठकमा सांसदहरुले गम्भीर प्रश्न उठाएपछि सभामुख सापकोटाले सरकारको ध्यानाकर्षण गराएका हुन् । शून्य र विशेष समयमा उठाएका सवालमा सरकारले चासो नदिएको भन्दै पटक-पटक सांसदहरुले नै गुनासो गर्ने गरेका छन् ।

आजको बैठकमा सांसदहरुले अर्थतन्त्र संकटमा परेको, पाठ्यपुस्तक समयमै पुग्न नसकेको, रासायनिक मलको अभाव, विपद्का घटनामा कमी आउन नसकेकोलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। सभामुखले सम्बन्धित मन्त्रीलाई सांसदले उठाएको जिज्ञासाको उचित जवाफ दिन निर्देशन दिएका छन्।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १२ : ०९ बजे

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी