नेपाल कुनै पनि देशको सैन्य संगठनमा पस्दैन : गगन थापा « Khabarhub

नेपाल कुनै पनि देशको सैन्य संगठनमा पस्दैन : गगन थापा


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कांग्रेस महामन्त्री गगन थापाले नेपाल कुनै देशको सैन्य संगठनमा नपस्ने बताएका छन् । सोमबार बिहान ललितपुर क्षेत्र नम्बर २ प्रदेशस्तरीय क्रियाशील सदस्यहरूको भेलामा थापाले नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियन्चओलाई कांग्रेसले आफ्नो स्पष्ट धारणा यसरी राखेको बताएका हुन् ।

‘आइतबार राति चिनियाँ नेताको सम्मानमा आयोजित रात्रि भोजमा हाम्रो पार्टीका पदाधिकारीले स्पष्टसँग नेपाल–चीन सम्बन्धबारे आफ्नो धारणा राख्नु भएको छ । हामीले चीनलाई बीपी कोइरालाको पालादेखिको सम्बन्धमा असर नपर्ने गरी चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छौँ । हामीले स्पष्टसँग चीनलाई एमसीसी पनि लिन्छौँ, बीआरआईमा पनि सहभागी हुन्छौँ, तर कुनै पनि सैन्य संगठनमा पस्दैनौँ,’ उनले भने, ‘हामी विकास सहायता चाहन्छौँ, तर कुनै सैन्य संगठनमा पस्दैनौँ । हामीलाई भारत, चीन, अमेरिका सबै देश चाहिन्छ । हाम्रो देशमा विकासका लागि सबै देशको सहयोग आवश्यक पर्छ ।’

उनले विकासका लागि नेपाललाई खर्बौँ रुपैयाँ वैदेशिक सहायता आवश्यक रहेको उल्लेख गर्दै विभिन्न देशसँग सैन्य संगठनको विषयलाई लिएर विवादमा नअल्झिने कांग्रेसको स्पष्ट धारणा राखेको पनि बताए ।

नेता थापाले चिनियाँ नेता लिउलाई नेपालका राजनीतिक दलहरूलाई अनावश्यक सल्लाह र सुझाव नदिन र नभड्काउन पनि आग्रह गरेको बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १ : ५४ बजे

फिफाको विश्वकप निजी लगानी योजना रद्द, अझै पनि युएफाको निसानामा इन्फान्टिनो

पेरिस – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले शनिबार विश्वकपमा निजी लगानीलाई

इटालीले गर्मीका कारण लगभग सबै शहरमा उच्चतम सतर्कता अपनाउने घोषणा

रोम – इटालीले सोमबारदेखि आफ्ना लगभग सबै प्रमुख शहरहरूलाई गर्मीको

निम्स दाइ : असम्भवलाई सम्भव बनाउने हिमालका योद्धा

काठमाडौं – हिमाल आरोहणका कथाहरू प्रायः शिखर चुमेका आरोहीका सफलतामा

रास्वपा बागलुङको सभापतिमा रायमाझी

गण्डकी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी

वीरगञ्जमा निषेधाज्ञा हट्यो

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा हटाइएको