देउवालाई शेखर पक्षका कार्यकर्ताको प्रश्न : भ्रातृ संस्था कांग्रेसलाई आवश्यक छ कि छैन ? « Khabarhub

देउवालाई शेखर पक्षका कार्यकर्ताको प्रश्न : भ्रातृ संस्था कांग्रेसलाई आवश्यक छ कि छैन ?


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ । बैठकमा भाग लिन पदाधिकारी र केन्द्रीय सदस्यहरू सानेपा पुग्ने क्रम जारी छ । केही बेर अघि मात्र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा पुगेका थिए ।

सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले सभापति देउवाविरुद्ध प्रदर्शन गरेका छन् । उनीहरूले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । उनीहरूले ‘भ्रातृसंस्था नेपाली कांग्रेसलाई आवश्यक छ कि छैन ?’ जस्ता प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।

कोइराला पक्षका विद्यार्थी, नेता कार्यकर्ताको प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पार्टी अधिवेशन सकिएको ६ महिनाभित्र सबै केन्द्रीय विभाग, केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने विधानमा व्यवस्था छ । तर अहिलेसम्म सभापति देउवाले दुवै काम पूरा गरेका छैनन् ।

हालै बसेको कोइराला पक्षका नेताहरूको भेलाले  सभापति देउवाले भ्रातृ संगठन गर्दा स्वेच्छाचारी ढङ्गले अघि बढेको निष्कर्ष निकाल्दै कार्यशैली सुधार गर्न दबाब दिने निर्णय गरेको थियो । सोही आधारमा सोमबार सानेपामा प्रदर्शन भएको हो ।

अहिलेसम्म नेविसंघ, तरूण दल, नेपाल किसान संघ र आदिवासी जनजाति संघमा अध्यक्ष मात्रै तोकिएको छ। भ्रातृ संस्थामा अध्यक्ष तोक्दा सभापति देउवाले कोइराला पक्षसँग समन्वय नगरेको आरोप लागेको छ । कांग्रेसले स्थानीय चुनाव समीक्षा र पार्टीका आन्तरिक विषयबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाएको हो।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : ०२ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको