विभिन्न स्थानमा चार जनाको शव फेला  « Khabarhub

विभिन्न स्थानमा चार जनाको शव फेला 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उदयपुर, सुनसरी र मोरङमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

उदयपुरको कटारी नगरपालिका–५ तिनतले बस्ने ३४ वर्षीया मंगली सदा आइतबार सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार धान रोप्न गएकी मंगली सबै साथीहरू खाजा खान गएपनि मेलो सकाइ आउँछु भनी बसेकी थिइन् । खाजा खाएर साथीहरू फर्केर आउँदा उनी मृत फेला परेको बताइएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोक बस्ने पपुलाल उराउको छोरा ५ वर्षीय आकाश उराउ घर नजिकैको बाहुनी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

आइतबार दिउँसोदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । सुनसरीकै इनरुवा नगरपालिका–२ रामजानकी टोल बस्ने ६५ वर्षीय गंगाराम मण्डल घर नजिकैको नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

आइतबार बेलुकीदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । मोरङको रंगेली नगरपालिका–९ सखुवाथान बस्ने ४० वर्षीय हावा मरण्डी घरबाट ५ सय मिटर टाढा रहेको रंगेली कानेपोखरी सडक खण्डमा सोमबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : १५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन