विभिन्न स्थानमा चार जनाको शव फेला  | Khabarhub Khabarhub

विभिन्न स्थानमा चार जनाको शव फेला 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उदयपुर, सुनसरी र मोरङमा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

उदयपुरको कटारी नगरपालिका–५ तिनतले बस्ने ३४ वर्षीया मंगली सदा आइतबार सोही ठाउँस्थित खेतमा मृत अवस्थामा फेला परेकी छन् । प्रहरीका अनुसार धान रोप्न गएकी मंगली सबै साथीहरू खाजा खान गएपनि मेलो सकाइ आउँछु भनी बसेकी थिइन् । खाजा खाएर साथीहरू फर्केर आउँदा उनी मृत फेला परेको बताइएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ शान्ति चोक बस्ने पपुलाल उराउको छोरा ५ वर्षीय आकाश उराउ घर नजिकैको बाहुनी खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

आइतबार दिउँसोदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त खोलामा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । सुनसरीकै इनरुवा नगरपालिका–२ रामजानकी टोल बस्ने ६५ वर्षीय गंगाराम मण्डल घर नजिकैको नहरमा सोमबार मृत अवस्थामा फेला परेका छन् । 

आइतबार बेलुकीदेखि घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो । मोरङको रंगेली नगरपालिका–९ सखुवाथान बस्ने ४० वर्षीय हावा मरण्डी घरबाट ५ सय मिटर टाढा रहेको रंगेली कानेपोखरी सडक खण्डमा सोमबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  २ : १५ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको