राष्ट्रिय टिममा बसिरको डेब्यु  « Khabarhub

राष्ट्रिय टिममा बसिरको डेब्यु 


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- युवा ब्याटर बसिर अहमदले राष्ट्रिय क्रिकेट टिममा डेब्यु पाएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत  नामिबियाविरुद्धको खेलमा पहिलो ११ मा परेसँगै बसिरले औपचारिक रुपमा डेब्यु पाएका हुन् ।

१८ वर्षीय बसिर अलराउण्डरका रुपमा समेत परिचित छन् । घरेलु प्रतियोगिता तथा उमेर समूहको खेलमा उनले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । बसिरले गत वैशाखमा जिम्बाव्वे ‘ए’ सँगको खेलमा टी २० खेल र एक दिवसीय खेलमा नेपालबाट खेलिसकेका छन् । यद्यपि, सो खेल अनौपचारिक थियो ।

बसिरले नेपालको यु १९ टिमबाट समेत खेलिसकेका छन् । यस्तै, घरेलु प्रतियोगितामा भने प्रो क्लब च्याम्पियनसिपमा रुपन्देही ११ बाट खेलेका थिए । जुन प्रतियोगिता रुपन्देहीले जित्दा बसिर प्लेयर अफ द सिरिज चुनिएका थिए ।

नामिबियाविरुद्ध नेपालले टस हारेर ब्याटिङ गर्दैछ । यस खेलमा डेब्यु पाएका बसिर एकदिवसीयमा खेल नेपालको प्रतिनिधित्व गर्ने ३३औँ खेलाडी हुन् । नेपाली टिममा पवन सर्राफ, विनोद भण्डारी र किशोर महतोलाई विश्राम दिएको छ । नेपालको कप्तानी सन्दीप लामिछानेले गर्नेछन् ।

शृंखलाको पहिलो खेलमा नेपाल सुखद् सुरुवातको दाउमा छ । प्रतियोगिता अघि नेपालले क्यानडासँग अभ्यास खेल खेलेको थियो । यसअघि नेपालले नामिबियासँग पछिल्लो पटक सन् २०१८ मा एक दिवसीय खेल खेलेको थियो । उक्त खेलमा नेपालले एक विकेटको साँघुरो जित निकालेको थियो ।

नामिबियाविरुद्ध नेपाली टिम
सन्दीप लामिछाने (कप्तान), देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, आशिफ शेख, करण केसी, कुशल भुर्तेल, बसिर अहमद, सोमपाल कामी, आदिल आलम अन्सारी ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ३ : ५३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट