देश श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा छ : ओली   | Khabarhub Khabarhub

देश श्रीलंकाभन्दा तल पुग्ने अवस्थामा छ : ओली  


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको कारण देश श्रीलंका बाटो लागेको बताएका छन् । यस कारण सबै जना सतर्क हुनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले सोमबार आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले त्यस्तो बताएका हुन् । ओलीले यस सरकारका अर्थमन्त्रीले अनधिकृत तरिकाबाट बजेट निर्माण, कमिसनको खेलमा हतियार खरिद प्रकरण जस्ता पृष्ठभूमिले देशको अर्थतन्त्र श्रीलंकाको भन्दा तल पुग्ने खतरा देखिएको दाबी गरे ।

‘बजेट निर्माणमा अनाडी मान्छेहरू संलग्न हुने, व्यापारीका प्रतिनिधिहरू सेटिङअन्तर्गत लाभको हिसाबकिताब जोड घटाउ गर्ने जस्ता कारणले देशका अर्थतन्त्र ध्वस्त भएको उनको भनाइ छ ।  कर दर, अन्तःशुल्क छुट दिने जस्ता विषयमा अनधिकृत मान्छे ल्याएर राष्ट्रिय बजेटलाई कमजोर र अर्थतन्त्रलाई नै ध्वस्त पार्ने गरी, अवाञ्छित तत्त्वहरूको हात घुसाउने काम गरेको उनले बताए । ओलीले भने, ‘हतियार खरिद न रक्षा मन्त्री वा अर्थमन्त्रीले मात्र गर्न सक्छ । न बजेटमा यत्रो बदमासी अर्थमन्त्रीले मात्र गर्न सक्छ । अर्थमन्त्री एउटैको मात्र पनि चल्दैन र अर्थमन्त्रीको पृष्ठपोषणमा, हतियार खरिद प्रकरणमा गरिएका कुराहरू, पृष्ठभूमिमा देखिएको भरथेग त्यति सहज छैन भन्ने देखाउँछ । यसको प्रभाव कम्तीमा श्रीलंकमा पुग्ने लक्षण देखिँदै छ ।’

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ४ : ३७ बजे

पोखराका विद्यालय असोज १ गतेदेखि खुल्ने

गण्डकी– ‘जेन-जी’ प्रदर्शनका कारण बन्द भएका पोखरा महानगरपालिकाका विद्यालय आगामी

तुलसीपुर कारागारबाट भागेका ७१ कैदी पक्राउ

दाङ– यहाँको तुलसीपुर कारागारबाट भागेका ७१ जना कैदीलाई पक्राउ गरिएको

रवि लामिछाने जेल फर्कने

काठमाडौँ – शंकास्पद कागजात लिएर जेन-जी प्रदर्शनको मौका छोपी जेलबाट

दलाई लामाले दिए सुशीला कार्कीलाई बधाई

काठमाडौं– तिब्बतका धर्मगुरु दलाई लामाले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई

प्रधानमन्त्री कार्कीको नियुक्ति संविधानविपरीत : पत्रकार महासंघ

काठमाडौं– नेपाल पत्रकार महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रधानमन्त्री पदमा भएको