सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले हालै पदोन्नति भएका ५७ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आज आयोजित एक समारोहकाबीच उनले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले पदोन्नति भएका अधिकृतहरूलाई हार्दिक बधाई दिँदै कार्य सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।

उनले व्यावसायिक जीवनमा पदोन्नति बृत्तीविकासको महत्त्वपूर्ण पाटो रहेको चर्चा गर्दै संगठनमा खाली रहेका सबै पदहरूमा तत्कालै बढुवा गर्ने गरी आफूहरू अगाडी बढिरहेको बताए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले पदोन्नति सँगै प्राप्त भएको दर्जा अनुरूपको कार्यसम्पादनमा पूर्ण व्यावसायिक भई क्रियाशील रहन अधिकृतहरूलाई निर्देशन दिएका थिए ।

सबै राष्ट्रसेवक सशस्त्र प्रहरीहरू अनुशासित र ईमान्दारितापूर्वक सामुहिक भावनाका साथ प्राप्त जिम्मेवारीका क्षेत्रहरूमा क्रियाशील रहँदै राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिबद्ध भई क्रियाशील रहने विश्वास उनले व्यक्त गरे ।

अधिकृतहरूले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सकारात्मक सोचका साथ अझ बढी अध्ययनशील र ईमान्दार रहँदै मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई समेत सही मार्ग निर्देशन गर्दै व्यावसायिक कार्यसम्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने उनले बताए ।

सो समारोहमा दर्ज्यानी चिन्हबाट सुशोभन हुनेहरूमा सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार महत, नेपाल सरकार गृह मन्त्रालय सचिव स्तरको असार २४ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ५६ जना अधिकृतहरू र अवकाश पूर्व विशेष बढुवा भएका सशस्त्र प्रहरी नायव उपरीक्षक गणेशलाल श्रेष्ठ रहेका छन् ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ०५ बजे

अन्य दललाई भ्रष्टको संज्ञा दिएका रविले रास्वपाबारे भने : सुशासन र परिवर्तनको प्रतीक

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि

विष्णु पौडेलको पक्राउ गैरकानुनी र प्रतिशोधपूर्ण : एमाले

काठमाडौं – नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रविको प्रतिवेदन : प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रस्ताव, दुईतिहाइको रक्षा गर्दै सुशासनको नयाँ युगमा लैजाने संकल्प 

चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक

आजका समाचार : नयाँ नेतृत्वतिर रास्वपा, विष्णु पौडेल पक्राउले तरंग, इरान अमेरिका सम्झौता टिक्नेमा शंका र विश्वकपमा मेस्सीको जादु निरन्तर 

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो

द्वन्द्व सुरु भएयता ‘स्ट्रेट अफ हर्मुज’मा उच्च जहाज आवागमन

एजन्सी– इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्ट्रेट अफ हर्मुज’