अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कूटनीतिज्ञको भूमिका महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ « Khabarhub

अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धन गर्न कूटनीतिज्ञको भूमिका महत्त्वपूर्ण : मन्त्री श्रेष्ठ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय बजारमा नेपालको प्रवर्द्धनका लागि कूटनीतिज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।

हालै नियुक्त तथा प्रस्तावित विभिन्न देशका राजदूतहरूसँग मन्त्रालयले सोमबार गरेको अन्तर्क्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले नेपालमा विदेशी पर्यटकको आगमन बढाउन कूटनीतिज्ञहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् । विदेशस्थित सबै नियोग परिचालन गरेर नेपालमा विदेशी पर्यटकको आगमन बढाउन सकिने मन्त्री श्रेष्ठको भनाइ छ ।

उनले सबैको पहलमा विदेशी पर्यटक भित्र्याउन सके महामारीबाट थलिएको पर्यटन क्षेत्रले गति लिने विश्वास व्यक्त गरे । राजदूतावास, स्थायी नियोग, महावाणिज्य दूतावास तथा अवैतनिक वाणिज्य दूतावासहरूले पर्यटक आकर्षित गर्ने खालका कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिए ।

राजदूतहरूले व्यापार, लगानी , पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तारमा भूमिका खेल्नुपर्ने बताएका उनले पर्यटन विस्तारका लागि हवाई उडानको भूमिका महत्त्वपूर्ण हुने र सरकारले हवाई यातायात र विमानस्थलहरूलाई सुरक्षामैत्री बनाउने बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ५ : ३५ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका