लागूऔषधसहित सर्लाहीबाट दुई जना पक्राउ « Khabarhub

लागूऔषधसहित सर्लाहीबाट दुई जना पक्राउ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– सर्लाहीबाट प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको कोडैना गाउँपालिका-२ का २८ वर्षीय रितेश कुमार यादव र लालबन्दी नगरपालिका २ का ३४ वर्षीय रोशन भन्ने विजय कुमार घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार मध्यान्ह करिब सावा तीन बजे लालबन्दी–१ नवलपुर चोकस्थित मलंगवाबाट नवलपुरतर्फ जाँदै गरेको बीआर ३० एए ३३६५ नम्बरको मोटरसाइकललाई विशेष सूचनाको आधारमा चेक जाँच गर्दा झोलामा गम्छाले बेरी मोटरसाइकलको लेगार्डमा झुन्ड्याएको अवस्थामा नाइट्राभेट ट्याब्लेट १५ सय चक्कीसहित यादवलाई नियन्त्रणमा लिइएको छ ।

पक्राउ परेका यादवलाई कार्यालयमा लगेर सोधपुछ गर्दा यस कार्यमा घिमिरे समेत संलग्न रहेको र उनको घरमा लागूऔषध राखेको भनेपछि घिमिरेको घरमा गई खानतलासी गर्दा डाइलेक्स डिईको ९० बोतल बरामद भएको उनले बताए । दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ६ : ३१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल