भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ « Khabarhub

भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भाउजूमाथि खुकुरी प्रहार गर्ने देवर पक्राउ परेका छन् । जग्गाको अशंबण्डामा विवाद हुँदा रुकुम पश्चिममा देवरले भाउजूलाई खुकुरी प्रहार गरेका थिए । 

त्रिवेणी गाउँपालिका १ रुघाका ३६ वर्षीय देउकुमार खड्काले ३७ वर्षीया आफ्नै भाउजू दिलसरा बोहरा खड्कालाई आइतबार राति खुकुरी प्रहार गरेका थिए । उनलाई प्रहरीले सोमबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीले आइतबार राति जग्गा अंशबण्डाको विषयमा झगडा हुँदा देउकुमारले आफ्नै भाउजू दिलसरालाई खुकुरी हानेका थिए ।  

घटना लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी सिम्रुतु र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी पठाएर खड्कालाई नियन्त्रणमा लिएको हो ।घाइते दिलसराको अवस्था गम्भीर छ । उनलाई थप उपचारको लागि सोमबार नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर रिफर गरिएको छ । 

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : ०८ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु