कमला नदीमा दाजुभाइको शव फेला « Khabarhub

कमला नदीमा दाजुभाइको शव फेला


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ ।

कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उनका फुपूको छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाएको छ ।

ज ९ प ६१९४ नम्बरको मोटरसाइकलमा चढेर पर्यटकीय क्षेत्र उत्तर बाहिनी गएका दुबै जनाको शव आज कमला नदीको ढोका छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

कमला नदीमा नुहाउने क्रममा दुबैलाई बाढीले बगाएर कमला नदीको ढोकासम्म ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुबै शवको परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : २६ बजे

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक