कमला नदीमा दाजुभाइको शव फेला « Khabarhub

कमला नदीमा दाजुभाइको शव फेला


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धनुषा र सिरहाको सिमानामा पर्ने कमला नदीको ढोका छेउमा आज दुई दाजुभाइको शव फेला परेको छ ।

कमला नदीको ढोकामा अड्किएको अवस्थामा सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर निवासी १७ वर्षीय मोहम्मद अली र उनका फुपूको छोरा भारतको बिहार राज्य घर भएका १९ वर्षीय जफर शेखको शव फेला परेको प्रहरीले जनाएको छ ।

ज ९ प ६१९४ नम्बरको मोटरसाइकलमा चढेर पर्यटकीय क्षेत्र उत्तर बाहिनी गएका दुबै जनाको शव आज कमला नदीको ढोका छेउमा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।

कमला नदीमा नुहाउने क्रममा दुबैलाई बाढीले बगाएर कमला नदीको ढोकासम्म ल्याएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

दुबै शवको परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बुढाथोकीले बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ८ : २६ बजे

अध्यक्षलाई गाली गरेको आरोपमा गुणराज लोहनी पार्टीबाट निष्कासित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का अध्यक्ष मण्डलका सदस्य गुणराज

देश बाढीको शोकमा डुब्दा पाँचतारेको डिनरमा स्वर्णिम, मुस्कानसहितको तस्वीरले जन्मायो बहस

काठमाडौं- देशका दुई प्रमुख नदी प्रणाली भोटेकोशी र त्रिशूलीमा आएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ९१ करोड रुपैयाँ सहयोग रकम संकलन

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक

मोबाइल कम्पनी एप्पलले बाढीपीडितलाई सहयोग गर्ने

काठमाडौं- मोबाइल कम्पनी एप्पलले भोटेकोशीका बाढीपीडितलाई सहयोग गर्ने भएको छ