हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ « Khabarhub

हत्यामा संलग्न मिजार १५ वर्षपछि पक्राउ


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरीले रवीन्द्रकुमार मल्लको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले विसं २०६४ कात्तिक १९ गते काठमाडौँ महानगरपालिका–२६ गोँगबु मित्रनगरस्थित सडकमा कुटपिट गरी हत्या गर्ने कार्यमा संलग्न पोखरा महानगरपालिका–१४ मझेरीपाटनका ३६ वर्षीय कृष्ण मिजारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले १० वर्ष कैद सजाय फैसला गरेका मिजारलाई पोखरा महानगरपालिका–३० पावरहाउसबाट पक्राउ गरिएको जानकारी दिए ।

उच्च अदालत पाटनले पक्राउ मिजारलाई विसं २०६७ असोज १८ गते १० वर्ष कैद हुने फैसला गरेको थियो । पक्राउ मिजारलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  ९ : १४ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल