कर्णाली प्रदेशको बजेट बहुमतले पारित « Khabarhub

कर्णाली प्रदेशको बजेट बहुमतले पारित


२७ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याइएको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको १०औँ अधिवेशनको २३औँ बैठकमा ‘कर्णाली प्रदेश आर्थिक विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य दल रावलले कर बढाउने घटाउने काम राजश्व प्रशासनले गर्ने भन्दै राजश्व बढाउनेतर्फ बजेट लगानी गनुपर्नेमा जोड दिए ।

“अहिलेसम्म सङ्घीय सरकारका चारवटा अनुदान प्राप्त बजेटबाट खर्च गरिरहेका छौँ,” उनले भने, “हामीले एक अर्ब राजश्व सङ्कलन गर्न सकेका छैनौँ र यसको आकार पनि सानो छ ।”

राजश्व सङ्कलनका क्षेत्र पहिचान गर्न र वित्तीय अनुशासन कायम गरी कर्णालीको दिगो अर्थतन्त्रमा सहयोग पु¥याउने योजना अगाडि बढाउनेतर्फ ध्यान दिन सदस्य रावलले सरकारलाई सुझाव दिए ।

उक्त छलफलमा उठेका प्रश्नहरुमाथि जवाफ दिँदै मुख्यमन्त्री जीवनबहादुर शाहीले राजश्व वृद्धि गर्ने विषयमा प्रदेशसभा सदस्यले महत्वपूर्ण सुझाव दिएको प्रतिक्रिया दिए । उनले सरकार राजश्व वृद्धि गर्ने खालका कार्यक्रम तथा योजनाको बढोत्तरीमा लाग्ने जनाए ।

मुख्यमन्त्री शाहीले सभामा बजेट पारितका लागि प्रस्ताव गरेसँगै उक्त बजेट बहुमतले पारित भयो । प्रदेश सरकारले आगामी आव २०७९/०८० का लागि यही असार १ गते रु ३२ अर्ब ६१ करोड ६१ लाख बजेट प्रस्तुत गरेको थियो ।

प्रकाशित मिति : २७ असार २०७९, सोमबार  १० : ०६ बजे

पल हटेको फिल्ममा पुष्प, पोस्टरमा अनुहार मात्रै फेरियो

काठमाडौं – नायक पल शाहलाई निकालिएको गसिप चलेको फिल्म ‘महाराजधिराज’मा

एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीमा, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौं– देशभर एक वर्षमा १८ हजार ३२६ जना साइबर ठगीको सिकार

‘लाज शरणम्’ छुटिएका काकु–जिग्री ‘चिरञ्जीवी भवः’मा भेटिए

काठमाडौं – कुमार कट्टेल ‘जिग्री’ले फिल्मको कथाको क्रेडिट नदिँदा बिच्किएका

हातेमालो अभियन्ता तिवारी कृषि सहकारी ह्यासट्याग अभियानमा सक्रिय

काठमाडौं– सहकारीको स सुन्नासाथ आजकल मानिसहरूले नमिठो भाव प्रकट गर्छन्

दर्शकलाई नयाँ वर्ष उपहार : यी नायिकाहरूले गरे फिल्म दिने घोषणा

काठमाडौं – वैशाख १ गते अर्थात् नयाँ वर्षको अवसर पारी