चुनावको चर्चा बढ्यो, महँगी झनै बढ्यो « Khabarhub

समाजको सेरोफेरो

चुनावको चर्चा बढ्यो, महँगी झनै बढ्यो

सामाजिक सञ्जालको भाइरल माहोलले सामाजिक समस्या ओझेलमा


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले संसदीय निर्वाचनको मिति नै घोषणा गरेपछि चुनावको चर्चा ह्वात्तै बढेको छ । सरकारले केही दिनअघि मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभाको चुनाव एकै पटक गर्ने निर्णय गरेको हो ।

चुनाव घोषणा गरेको सरकार कामचलाउ बनिसकेको छ । यद्यपि असोज १ गतेसम्मका लागि प्रतिनिधिसभा र प्रदेशसभाको म्याद तोकिएको छ । सामान्यतया चुनावको मिति घोषणा गरेपछि संसद् भंग हुन्छ र सरकार कामचलाउमा सीमित हुने परिपाटी छ ।

तर यसअघि दुई पटक नियतवश संसद् विघटन गर्दा रोकिएका धेरै कानुन निर्माणका काम गर्न दलीय सहमतिअनुसार नै संघ र प्रदेशको संसद्को आयु लम्ब्याइएको हो । सरकारले चुनावको मिति घोषणा गर्दा चुनावी चर्चा जति बढेको छ, त्यो भन्दा बढी महँगी बढेको छ ।

सहरका चोक गल्लीहरूमा चुनावी चर्चा जति हुन्छ । त्यसभन्दा बढी बदलिँदो महँगी समयमा चुनाव लड्न चाहिने खर्च र पैसाको हिसाबकिताब हुन्छ । जसले गर्दा महँगी छायामा परेको छ । सामाजिक सञ्जालमा चुनावकै चर्चा र उम्मेदवार हुनेको सोधी खोजी हुँदा नेतृत्वमा रहेकाले जिम्मेवार बन्नुपर्ने सामाजिक समस्या विकराल बने पनि बेवास्ता भइरहेको छ ।

पछिल्लो समय नुनदेखि सुनसम्मको मूल्य आकासिएको छ । सामान्य नागरिकले खाने नुन, तेलदेखि तरकारीसम्मको भाउ धेरै हदसम्म बढेको छ । एक समय १६ रुपैयाँमा पाइने नुनको प्याकेट अहिले दोब्बर मूल्यमा बिक्री भइरहेको छ ।

सामान्य १५ रुपैयाँमा पाइने १ लिटर मिनिरल वाटरको मूल्य अहिले दोब्बर बढी ३० रुपैयाँ पुगेको छ । आधा लिटर खाने तेलको मूल्य अहिले दोब्बर बढी छ । एक समय ६० देखि ७५ रुपैयाँमा आधा लिटर खान तेलको मूल्य थियो ।

तर अहिले त्यही आधा लिटर तेलको मूल्य १६० रुपैयाँसम्म पुगेको छ । रुस–युक्रेन युद्धले खाने तेल मात्रै होइन, पेट्रोलियम पदार्थको मूल्य पनि ह्वात्तै बढेको छ । जसको कहीँ कतै चर्चा र बहस हुँदैन । त्यसमाथि चुनाव लागेपछि सबैतिर चुनावको मात्रै चर्चा र बहस छ ।

पछिल्लो समय कुनै पनि सामाजिक समस्याबारे गम्भीर बहस हुनलाई पहिला ती समस्याका बारेमा सामाजिक सञ्जालमा चर्चा हुनुपर्ने प्रवृत्ति बढेको छ । सामाजिक सञ्जालमा चर्को आलोचना र विरोध भएपछि कुनै पनि राजनीतिक र प्रशासनिक निर्णय फेरिने गरेका छन् ।

कुनै सामान्य समस्या पनि सामाजिक सञ्जालमा भाइरल भएपछि त्यसको निदानका लागि सबै निकाय जिम्मेवार भएर लाग्ने गरेका छन् । अन्यथा सबै जना चुपचाप छन् भन्दै त्यस्ता विकराल विषयमा बेवास्ता मात्रै भइरहेको छ ।

बजारमा बढ्दो महँगीको बारेमा अहिले चर्चा छैन । वाणिज्य विभागले कहीँ कतै अनुगमन गरेको भए पनि त्यो चर्चाभन्दा बाहिर छ । बजारमा कति अर्गानिक खानेकुरा छन्, कति आयातित छन्, कति सडेगलेका छन् र कति उपभोक्ताका लागि हानिकारक भए पनि निर्वाध बिक्री वितरण भइरहेका छन् भन्ने विषय सामान्य बहसमा पनि छैनन् ।

यस्ता विषय सञ्चारमाध्यमले उठाउन नसक्दा पनि आम नागरिक बहसबाट बाहिर छन् । जसले गर्दा अनेकौँ समस्या निम्त्याइरहेका भए पनि आम मानिस वास्तविकता जान्नबाट वञ्चित छन् । महँगी झेलिरहेका छन् । तर आलोचना र विरोध गर्न सकिरहेका छैनन् ।

चुनावमा राजनीतिक दलका नेता कार्यकर्ता तथा उम्मेदवारले गर्ने खर्चको हिसाबकिताब सुरु भइसकेको छ । चुनाव लड्नका लागि सम्भावित उम्मेदवारले सम्भावित रकमको जोहो गर्न सुरु गरिसकेका छन् । यस्तो अवस्थामा बजारमा झन् महँगी मात्रै बढ्ने छैन, बेथिति पनि बढ्ने निश्चित छ ।

यसलाई नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्न नसकेमा त्यसको दूरगामी असर मात्रै होइन, राज्यप्रति आम नागरिकको आशा, विश्वास पनि भरोसा पनि टुट्ने छ । त्यसतर्फ सरकार, राजनीतिक दलका नेतृत्व, कर्मचारीतन्त्र, व्यापारी र सरोकारवाला पनि सचेत हुन जरुरी छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  १२ : २० बजे

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै

उत्कृष्ट अस्पतालअघिको ‘बिरामी’ सडक (तस्बिरहरू)

चितवन- चितवनको भरतपुरलाई नेपालको मेडिकल हबका रूपमा चिनिन्छ। यहाँको भरतपुर अस्पताल

जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु

भद्रपुर– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट मृत्यु