बालविवाहलाई अपराध नमानेसम्म नरोकिने  « Khabarhub

बालविवाहलाई अपराध नमानेसम्म नरोकिने 


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकाको विवाह गराउन नहुने उल्लेख छ । मुलुकी अपराध संहिता ऐन ०७४ को दफा १७३ मा २० वर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुने र विवाह गर्नेलाई तीन वर्षसम्म कैद तथा ३० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ  । बालबालिका सम्बन्धी ऐन ०७५ मा पनि बालविवाह गरेमा दण्डनीय हुने स्पष्ट उल्लेख छ । यति धेरै कानूनी व्यवस्था भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा बालविवाह भने रोकिएको छैन ।

कानुनी कारबाहीको पाटो कमजोर भएका कारण बालविवाह गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन पनि नसकेको जिल्ला सरकारी वकिल जुम्लाकी रेनुका राईले बताइन् । उनका अनुसार बालविवाह रोक्न समाजका सबै पक्षले सहयोग गर्नुपर्छ । गाउँ समाज नै यसमा सचेत हुनुपर्छ र बालविवाहलाई धर्म होइन अपराधका रूपमा लिन सक्नुपर्ने उनको भनाइ छ ।

बालविवाह दुर्गम र कर्णालीका जिल्लाहरूमा अझै व्यापक छ । यी स्थानमा सानै उमेरमा कन्यादान गरे धर्म हुने, बोझ घट्ने, छोरी अर्कैको सम्पत्ति हो भन्ने जस्ता सोचका कारण बालबालिका विकराल बनिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले अहिलेसम्म जिल्लामा बालविवाहविरुद्धका मुद्दा नै नचलेको बताइन् । उनले भनिन्, ‘सूचना आएपछि प्रहरीले पक्राउ गर्ने हो । यहाँ समाजले नै बालविवाहलाई स्वीकारेको छ ।’

बालविवाह रोक्न र सचेतना फैलाउन पातारासीस्थित एक विद्यालयमा बुधबार सचेतना कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा प्रजिअ प्रसाईले प्रहरी, प्रशासनले समाजमा हुने अपराधजन्य क्रियाकलाप रोक्न सबै पालिकाका विद्यार्थी सचेत हुनुपर्ने बताइन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले कानुनी रूपमा दण्डनीय भए पनि समाजले यसलाई अपराध मान्न नसक्दा समस्या भएको बताए । बालविवाहलाई सामान्य रुपमा लिने र कानुनी कारबाहीका लागि कोही पनि प्रक्रियामा नजाने गरेको उनको दाबी छ । यसले बालविवाह बढ्दै जाने र कानुन कार्यान्वयनमा प्रगति नहुने उनको भनाइ छ ।

सशस्त्र प्रहरी बलका एसपी चित्रङ्गगत दाहालले बालबालिका, अभिभावक र समाज बालविवाहलाई कानुनी रूपमा दण्डनीय भनेर स्विकार्न तयार नरहेको  बताउँछन् । उनले भने, ‘गाउँपालिकामा न्यायिक समिति छ । दिनहुँ बालविवाह भइरहेका छन् । तर, मुद्दा आउँदैनन् ।’

पातारासी गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक जनमाया रोकायाले बालविवाह नियन्त्रणमा ठूलो चुनौती भएको बताइन् ।
पातारासीगाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले अनेक प्रयास गर्दा पनि पातारासीमा बालविवाह नियन्त्रण गर्न नसकेको बताए । किडार्क नेपालका श्री भण्डारीले गाउँ समाज सबै सचेत नहुँदासम्म बालविवाह रोक्न कठिन भएको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  २ : ५० बजे

गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी

मल आपूर्तिमा सहजीकरण गर्न मन्त्री चौधरीको पहल

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको आपूर्ति सहजीकरण

काठमाडौंमा चिनियाँ राजदूत झाङ माओमिङको स्वागतसँगै ‘वसन्तको स्वर’ सांस्कृतिक कार्यक्रम

काठमाडौं– नेपालका लागि जनवादी गणतन्त्र चीनका नवनियुक्त राजदूत झाङ माओमिङको

कूटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ : इरान

एजेन्सी– इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले बुधबार कूटनीति राष्ट्रिय

सहकारी पीडितको बचत फिर्ता गराउन मन्त्रालयको सक्रियता, महान्यायाधिवक्ता र सीआईबी प्रमुखसँग मन्त्रीको छलफल 

काठमाडौं – समस्याग्रस्त सहकारी संस्थामा अड्किएको बचतकर्ताको रकम फिर्ता गराउन