ए डिभिजन लिग पुस दोस्रो साताबाट « Khabarhub

ए डिभिजन लिग पुस दोस्रो साताबाट


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा) को पहिलो वैधानिक कार्यसमितिको बैठकले सहिद स्मारक ए डिभिजन लिग ८ पुसदेखि ४ चैतसम्म गर्ने निर्णय गरेको छ ।  सातदोबाटोस्थित एन्फा मुख्यालयमा जारी कार्यसमिति बैठकले एनएसएल सकिएपछि शीर्ष डिभिजन लिग आयोजना गर्ने निर्णय गरेको हो ।

६ असारसम्म चुनावी साधारण सभाबाट चुनिएको एन्फाको नयाँ कार्यसमितिको दोस्रो र विधिगत रूपमा बसेको पहिलो बैठकले नेपाली फुटबलको सबैभन्दा ठूलो लिग पुसमा सुरु गर्ने निर्णय गरेको हो ।

यस्तै, नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण असोज चौथो साताबाट सुरु गर्ने निर्णय गरेको छ । यसअघि दुई पटक मिति सार्वजनिक भएर स्थगित भएको एनएसएल २३ असोजदेखि मंसिर २ मंसिरसम्म गर्ने निर्णय गरेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।

गत वैशाखमा भएको एनएसएलको दोस्रो संस्करण सहिद स्मारक ए डिभिजन लिगका क्लबहरूको चर्को विरोधका कारण अन्तिम समयमा पुगेर स्थगित भएको थियो ।

१० टोली सहभागी हुने एनएसएलको खेलाडी अक्सन भए भइसकेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ४ : ४० बजे

हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

मनाङमा अलपत्र १६ पर्यटकको उद्धार

लमजुङ– मनाङमा अलपत्र परेका १६ जना इन्डोनेसियाली पर्यटकलाई आज हेलिकप्टरबाट

देउवा समूहले पठाएको पत्रलाई अभिलेखमा राख्न तोकादेश

काठमाडौं– नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा पक्षले पठाएको पत्रलाई

प्रतिमा गौतम कांग्रेस सहमहामन्त्रीको उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले पार्टीको आगामी १५औँ महाधिवेशनमा