अफगानिस्तानमा ४ सयभन्दा बढी निजी विद्यालय बन्द « Khabarhub

अफगानिस्तानमा ४ सयभन्दा बढी निजी विद्यालय बन्द


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानका चार सयभन्दा बढी निजी विद्यालय बन्द भएका छन् । स्थानीय सञ्चारमाध्यमले सम्प्रेषण गरेको समाचारअनुसार आर्थिक, राजनीतिकलगायतका विविध कारणले ती विद्यालय बन्द भएका हुन् ।

निजी विद्यालयको संगठनका नेता जाभिउल्लाह फुक्वानीले गरिबीका कारण अभिभावकले आफ्ना बालबालिकालाई निजी विद्यालयमा भर्ना गर्न छाडेको जानकारी दिए ।

त्यसैगरी, सरकारको निर्णयअनुसार कक्षा छदेखि १२ सम्म बालिकालाई विद्यालय जान निषेध गरिएकाले पनि विद्यार्थीहरूको सङ्ख्या घटेको उनको भनाइ छ ।

तालिबान सरकारका प्रमुख प्रवक्ता जाभिउल्लाह मुजाहिदले पनि धार्मिक कारणले छात्रालाई विद्यालय पढाउन नसकिएको स्पष्ट पारे ।

बालिकाहरूलाई विद्यालय जान दिनुपर्ने दबाब अधिकारवादी, लोकतन्त्रवादी र विभिन्न अन्तर्राष्ट्रिय निकायबाट आइरहेपनि तालिबान सरकारले अहिलेसम्म बेवास्ता गरिरहेको छ ।

मुस्लिम शरिया कानूनका कारणले बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको निर्णय फिर्ता लिन नसकिएको उनको भनाइ छ ।

अफगानिस्तानमा तालिबान सरकार गठन भएपछि बालिकाहरूलाई विद्यालय जान निषेध गरिएको छ भने महिलालाई रोजगारीबाट बञ्चित गरिनुका साथै घर बाहिर एक्लै हिँड्न नपाइने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाका विरुद्धमा सर्वत्र आवाज उठेपनि तालिबान प्रशासनले भने अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ५ : ५० बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु