नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट « Khabarhub

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झण्डै १९ अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ९६ अंकले ओरालो लागेर दुई हजार ३७ दशमलव ९२ मा सीमित भएको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलब शून्य आठ अंकले ओरालो लागेर तीन सय ९१ दशमलव ६७ मा सीमित भएको छ । कूल दुई सय २३ कम्पनीको ६२ लाख ९८ हजार छ सय ३८ कित्ता शेयर रु एक अर्ब ७६ करोड १० लाख २३ हजार ३९ मूल्यमा खरिद बिक्री भए । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सामूहिक लगानी कोषको मात्रै वृद्धि भएको छ । सो उपसमूहको मूल्यमा शून्य दशमलव शून्य सात अंकले वृद्धि भयो । बैंकिङ तीन दशमलव शून्य दुई, व्यापार शून्य दशमलव ११, होटल तथा पर्यटन ५० दशमलव शून्य एक, विकास बैंक ५७ दशमलव ३३, जलविद्युत् ३१ दशमलव ७८, वित्त ४० दशमलव १७, निर्जीवन बीमा ६३ दशमलव ७८, उत्पादन ८२ दशमलव १८, अन्य ३० दशमलव नौ, लघुवित्त ३३ दशमलव ९४, जीवन बीमा ६७ दशमलव ८२ र लगानी एक दशमलव २४ अंकले ओरालो लागेको छ ।

आजको कारोबारपछि बजार पूँजीकरण २९ खर्ब १० अर्ब ४२ करोड ८१ लाख छ हजार पाँच सय ७३ बराबर कायम भएको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड २७ लाख ९४ हजार सात सय ३७ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी छ करोड १२ लाख १५ हजार एक सय ९२, नेष्डो समृद्धि लघुवित्त पाँच करोड ४६ लाख ९७ हजार पाँच सय ९२, हिमालयन एभरेष्ट इन्स्योरेन्स चार करोड ६१ लाख ५१ हजार चार सय चार र नबिल बैंक रु चार करोड ५१ लाख १५ हजार तीन सय ५१ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । 

नेप्सेका अनुसार हिमालयन हाइड्रोपावर नौ दशमलव ९९, अप्पर हेवाखोला हाइड्रोपावर नौ दशमलव ९८, एनआइसी एशिया सेलेक्ट फण्ड चार दशमलव २१, दोर्दी खोला जलविद्युत् कम्पनी तीन दशमलव ८२ र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले तीन दशमलव ५९ प्रतिशतले कमाएका छन् । युनिलिभर नेपाल आठ दशमलव २३, बुद्धभूमि नेपाल हाइड्रोपावर सात दशमलव ५६, हिमालयन एभरेष्ट इन्स्योरेन्स पाँच दशमलव ९४, समृद्धि फाइनान्स कम्पनी चार दशमलव ९७, सामलिङ पावर कम्पनीका लगानीकर्ताले चार दशमलव ८७ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ५ : ५२ बजे

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ

राष्ट्रपतिबाट पशुपतिमा पुजा-आराधना (तस्बिरहरू) 

काठमाडौं– देश तथा जनताको हित र कल्याणको कामना गर्दै राष्ट्रपति

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

काठमाडौं– यही भदौ १० गते भोटेकोशी नदीमा गएको अकल्पनीय बाढीका कारण