आगामी निर्वाचनको सुरक्षाका लागि सबै तयारी सुरु « Khabarhub

आगामी निर्वाचनको सुरक्षाका लागि सबै तयारी सुरु


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सबै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृहमन्त्रालयमा प्रस्ताव पठाइसकिएको र अन्य तयारी समेत सुरु भइसकेको जानकारी दिएका हुन् ।

उनले निर्वाचनमा ४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरकेको र यसपटक म्यादी प्रहरीको संख्या बढ्ने बताए । यसअघिको भएका स्थानीय तह निर्वाचनमा प्रहरीले आफ्नो व्यवसायीता देखाएको र शान्तिपूर्ण तथा विश्वसनिय तवरले निर्वाचन सम्पन्न भएको उनको भनाई छ । उनले आफ्नो कार्यकालमा विगतको महानिरीक्षकका कामहरूलाई निरन्तरता दिँदै आएको र संगठनको लक्ष्य अनुसार काम अघि बढाएको धारणा राखे । महानिरीक्षक सिंहले प्रहरीको बढुवा न्यायसङ्गत नै भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंह नेतृत्वका आएपछि भएका र भावी योजनाहरूका बारेमा जानकारी गराइएको थियो । 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : ०८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना