आगामी निर्वाचनको सुरक्षाका लागि सबै तयारी सुरु « Khabarhub

आगामी निर्वाचनको सुरक्षाका लागि सबै तयारी सुरु


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आगामी निर्वाचनको सुरक्षाका लागि सबै प्रकारको तयारी सुरु गरिसकेको जानकारी दिएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंहले मंसिर चार गते हुने संघ र प्रदेशको निर्वाचनका लागि आवश्यक स्रोत साधनका लागि गृहमन्त्रालयमा प्रस्ताव पठाइसकिएको र अन्य तयारी समेत सुरु भइसकेको जानकारी दिएका हुन् ।

उनले निर्वाचनमा ४० दिनको लागि म्यादी भर्ना गर्ने तयारी भइरकेको र यसपटक म्यादी प्रहरीको संख्या बढ्ने बताए । यसअघिको भएका स्थानीय तह निर्वाचनमा प्रहरीले आफ्नो व्यवसायीता देखाएको र शान्तिपूर्ण तथा विश्वसनिय तवरले निर्वाचन सम्पन्न भएको उनको भनाई छ । उनले आफ्नो कार्यकालमा विगतको महानिरीक्षकका कामहरूलाई निरन्तरता दिँदै आएको र संगठनको लक्ष्य अनुसार काम अघि बढाएको धारणा राखे । महानिरीक्षक सिंहले प्रहरीको बढुवा न्यायसङ्गत नै भएको दाबी गरे ।

पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सिंह नेतृत्वका आएपछि भएका र भावी योजनाहरूका बारेमा जानकारी गराइएको थियो । 

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ६ : ०८ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई