सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी « Khabarhub

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बालुवाटारमा जारी छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

बैठकमा मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन दलहरुबीच चुनावी तालमेलका विषयमा छलफल भइरहेको बताइएको छ ।

समितिलाई साउन मसान्तभित्र तालमेलको मोडालिटी तय गर्ने जिम्मेवारी दिइएको छ । गठबन्धनका शीर्ष नेताको बैठकले ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा कांग्रेसबाट गगनकुमार थापा, कृष्णप्रसाद सिटौला र ज्ञानेन्द्रबहादुर कार्की छन् भने नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ छन् ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलमा रहेका छन् ।

कार्यदलको पहिलो बैठकले संयोजकमा कांग्रेस नेता सिटौलालाई चयन गरेको थियो ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ७ : ४३ बजे

मानव अधिकार अनुसन्धानमा दोहोरोपना रोक्न संयुक्त संयन्त्र बनाएको छौ : अध्यक्ष मगर

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले मानव

प्रियंकाको फिल्म ‘मास्टर्नी’ १६ वर्षमाथिकाले मात्रै हेर्न मिल्ने

काठमाडौं – नायिका प्रियंका कार्कीको होम ब्यानरमा बनेको फिल्म ‘मास्टर्नी’

‘गगन थापाको नेतृत्व स्वीकारेर देउवा दाइ अभिभावक बनून्’

काठमाडौं- गत पुसको अन्तिम साता आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि

जेन-जी आन्दोलनका सम्झौता कार्यान्वयन गर्न समिति गठन

काठमाडौं– सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका

खगेन्द्र सुनारको व्यवहारप्रति आपत्ति जनाउँदै सभामुखलाई भेट्न पुगे आईजीपी कार्की

काठमाडौं-सार्वजनिक लेखा समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र