गोसाइँकुण्डमा १० हजार भक्तजन पुगे | Khabarhub Khabarhub

गोसाइँकुण्डमा १० हजार भक्तजन पुगे


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

रसुवा– जनैपूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन नीलाद्रि पर्वतमा अवस्थित पवित्र तीर्थ गोसाइँथान पुगेका छन् । जिन्दगीमा एकपटक भए पनि पुग्नैपर्ने पवित्र तीर्थ भएका कारण पूजाआजा गरेर धर्मप्राप्तिका लागि महिला, पुरूष तथा ज्येष्ठ नागरिकसमेत १० हजार भन्दाबढी भक्तजन गोसाइँथान पुगेका हुन् ।

जनैपूर्णिमा पर्वको पावन अवसरमा रसुवावासी, धादिङ, नुवाकोट, लमजुङ, तनहुँ, कास्की, पर्वत, चितवन, नवलपरासी, मकवानपुर, रौतहट, बागलुङ, ललितपुर, काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, ओखलढुङ्गा, सिधुली, झापा, पर्सा, बारा र रामेछाप जिल्लाबाट भक्तजन नीलाद्रि पर्वत पुगेका छन् ।

समुन्द्र मन्थन गर्दा निस्केको कालकूट विष सेवन गरी भगवान् शिवले प्राणी जगत्लाई बचाएका कारण हरेक मानिस भक्तजनका रूपमा जिन्दगीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्ने चलन रहिआएको छ ।

पौराणिक कथनअनुसार भगवान् शिवले नीलाद्रि पर्वतको पहाडमा त्रिशूली बजारी उत्पन्न गराई पवित्र जलले बनेको नीलो दहमा विराजमान रहेको र उक्त दहमा डुबुल्की मारेपछि उकालो जाँदा लागेको थकान सबै समाप्त हुने गरेको अनुभवसमेत भक्तजनमा रहिआएको छ ।

समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्र तीर्थमा जाने यात्रुलाई लेक लाग्ने समस्या न्यूनीकरण एवं उपचारका लागि लौरीविनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए ।

कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुनसक्ने जोखिम न्यूनीकरण गर्न उत्तरी रसुवाको स्याफ्रुबेँसीस्थित श्यामेवाङ्फेल माविका २५ जना जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ ।

सुरक्षाका लागि नेपाल प्रहरीका साथै उद्धारका लागि यहाँ कार्यरत नेपाली सेना विष्णुदल गण एवं सशस्त्र प्रहरी २० नम्बर गुल्म रसुवा तैनाथ रहेको अध्यक्ष डिएमले जानकारी दिए। वातावरणको संरक्षण गर्दै गोसाइँकुण्ड मेला, २०७९ लाई व्यवस्थित र मर्यादित बनाई समग्रमा ८० जनाको जनशक्ति परिचालन भइरहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

विगतका वर्षभन्दा २०७९ को गोसाइँकुण्ड मेला व्यवस्थित भएको उक्त समितिले दाबी गरेको छ । कुण्डको क्षेत्र निरन्तर सफा राख्न यो वर्ष विशेष व्यवस्था मिलाइएको बताइएको छ ।

दक्षिणी रसुवाको बनुवा घुम्ती क्षेत्रमा पहिराका कारण सडक मार्ग क्षति भए तापनि स्थानीय नागरिकको सुझाव, प्राविधिकको परामर्शमा प्रमुख जिल्ला अधिकारी एवं गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक नवराज जैसीको स्थलगत निरीक्षणले समयमै वैकल्पिक मार्ग तय गरिएका कारण धार्मिक यात्रु सहजरूपले गोसाइँकुण्ड प्रस्थान गरेका थिए । धुञ्चेमा ट्राफिक व्यवस्थापनका कार्य राम्रो भएको प्रतिक्रिया दिँदै तीर्थ यात्रु अच्युत तिम्सिनाले भने ट्राफिक व्यवस्थापन र सुरक्षा व्यवस्था राम्रो भएको बताए ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ८ : ५० बजे

चार हजारभन्दा बढी क्षेत्रफलमा मकै बीउ प्रवर्द्धन कार्यक्रम

दमौली– यहाँस्थित कृषि ज्ञान केन्द्रले जिल्लाका चार हजार ८५ रोपनी

कवाड व्यवसायीको आन्दोलन : बालेनविरुद्ध नाराबाजी (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाको ज्यादतीविरुद्ध कवाड व्यवसायीले बुधबार तेस्रो दिन पनि

सवारी दुर्घटना न्यूनिकरणका लागि सरोकारवाला निकायलाई मुख्यमन्त्री बानियाँको निर्देशन

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सवारी दुर्घटना न्यूनिकरण र

पक्राउ परे एमाले केन्द्रीय सदस्य महर, म्याद थपका लागि अदालत लगियो

काठमाडौँ- प्रमुख सत्तारुढ नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई नेपाल

श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिङ्घे जमानतमा रिहा

एजेन्सी– पदमा रहँदा सार्वजनिक कोष दुरुपयोग गरेको आरोपमा पक्राउ परेका