विदेशबाट भारततर्फ हुने सैन्य सामग्रीको आयात घट्यो « Khabarhub

विदेशबाट भारततर्फ हुने सैन्य सामग्रीको आयात घट्यो


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विदेशबाट भारततर्फ हुने हतियार एवम् सैन्य उपकरणको आयात घट्दै गएको पाइएको छ ।

भारतबाट प्रकाशित हुने ट्रिब्युन इण्डियाले जनाएअनुसार पछिल्ला केही वर्षयता विदेशबाट भारततर्फ आयात हुने हतियार एवम् सैनिक उपकरणको स्तर घट्दै गएको हो ।

भारत सरकारले अघि सारेको ‘मेक इन इण्डिया’ नामक कार्यक्रम अन्तर्गत घरेलु सैन्य उद्योगलाई प्राथमिकता दिने नीतिका कारण आयात घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रिब्युन इण्डियाले जनाएअनुसार भारतले सन् २०१२–१६ को अवधिको तुलनामा सन् २०१७–२०२१ को अवधिमा २१ प्रतिशत कम सैन्य सामग्री आयात गरेको छ ।

भारतले अमेरिका, रुस, फ्रान्स, इजरायलजस्ता मुलुकबाट हतियार आयात गर्दै आएको छ । यद्यपि भारत सरकारले अघि सारेको ‘मेक इन इण्डिया’ कार्यक्रमले यी मुलुक एवम् हतियार कम्पनीहरुलाई भारतमा नै कारखाना स्थापना गरी सैन्य सामग्रीको निर्माण गर्न प्रोत्साहन गरेको जनाइएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ९ : ४९ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु