इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने | Khabarhub Khabarhub

इन्डोनेसियाले १० लाख नरिवलको विरुवा रोप्ने


२६ श्रावण २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ । राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो ।

जोकोवीको नामले चिनिने राष्ट्रपतिले त्यहाँका दुईवटा गाउँको भ्रमण गर्ने क्रममा स्थानीय अधिकारीहरूसँग नरिवलका विरुवा रोपेको बताइएको छ । राष्ट्रपति जोकोवीले अहिलेसम्म त्यस प्रान्तमा करिब २,००,००० नरिवलका रूखहरू रोपिएको बताए ।

‘अहिले यो सुरु मात्र गरेका छौँ करिब १० लाख नरिवलका विरुवा रोप्ने लक्ष्य छ,’ उनले भर्चुअल पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेका छन्।

नरिवलको रुखले एक वर्षमा १८० वटा फल फलाउन सक्ने र पाम सुगर र खाना पकाउने तेलमा प्रशोधन गर्न सकिने बताइएको छ । साथै यसबाट स्थानीयको आम्दानीमा वृद्धि हुनेछ ।

प्रकाशित मिति : २६ श्रावण २०७९, बिहीबार  ११ : १३ बजे

नागरिक उड्डयन र हवाई सेवा प्राधिकरण विधेयक कुनै संस्था टुक्र्याउन होइन : मन्त्री पाण्डे

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई

कोशीका गोठ रित्तै !

चतरा (सुनसरी) – समयान्तर विश्लेषण गर्नुपर्दा एउटा आहान कोशी किनाराका

आन्तरिक पर्यटकको रोजाइमा दाङको कुलपानी हरित उद्यान

दाङ– दाङको गढवा गाउँपालिका– १ बडहरास्थित कुलपानी हरित उद्यान (पार्क)

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्बको पेट्रोलियम पदार्थ आयात

वीरगञ्ज– चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक

इरान आक्रमणपछि राष्ट्रको नाममा सम्बोधन गर्दै ट्रम्पले गरे सेनाको प्रशंसा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अहिले इरानमा भएको आक्रमणका