खुल्यो १ लाख १५ हजार म्यादी प्रहरी  « Khabarhub

खुल्यो १ लाख १५ हजार म्यादी प्रहरी 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल प्रहरी प्रधान कार्यालयले आसन्न निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको छ। आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि नेपाल प्रहरीले एक लाख १५ हजार म्यादी प्रहरी भर्ती गर्न लागेको हो।

म्यादी प्रहरीका लागि यही ३० भदौदेखि ६ असोजसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका र साधारण लेखपढ गर्न जान्नेहरुले देशभरका प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने प्रहरीले निकालेको सार्वजनिक सूचनामा उल्लेख छ।

तोकिएको मितिभित्र दरखास्त बुझाउने व्यक्तिले आवेदन दिएको कार्यालयमा ७ असोजमा सम्पर्क गर्न पनि प्रहरीले भनेको छ। म्यादी प्रहरीको अवधि ४० दिनको हुनेछ भने उनीहरुले प्रतिदिन ८६९ रुपैयाँको दरले ४० दिनसम्मको ३४ हजार ७६० रुपैयाँ पारिश्रमिक पाउने छन्।

उनीहरुले खाद्यान्न बापत एकमुष्ट ७ हजार २०० रुपैयाँ, पोसाक तथा अन्य सामग्री खरिद गर्न ६ हजार रुपैयाँ पाउने छन्। साथै हिमाली जिल्लामा खटिनेलाई थप एक हजार पोसाक भत्ता पाउने छन्।

यसैगरी आउने–जाने खर्च एक हजार रुपैयाँ र ३०० रुपैयाँको दरले चार दिनको खाजा खर्च एक हजार २०० रुपैयाँ  पनि पाउने सूचनामा उल्लेख छ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : १४ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर