कहिलेसम्म छ इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद ? « Khabarhub

कहिलेसम्म छ इस्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद ?


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इस्टर्न हाइड्रोपावरले आइपीओमा आवेदन दिने म्याद मंगलबार मात्र छ । यसले पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि समय लम्बाएर २८ भदौसम्म पुर्याएको हो ।

कम्पनीले ७ भदौबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरूलाई आइपीओ बिक्री खुला गरिरहेको छ । इस्टर्नले एक सय रुपैयाँ अंकित मूल्यमा ६ लाख २० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

यसले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थानिय बासिन्दालाई उक्त सेयर निष्कासन गरेको हो ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले एनएमबि बैंक, ग्लोबल आइएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरुबाट आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले इस्टर्नको आइपीओलाई ‘कियर एनपी डबल बी प्लस’ प्रदान गरेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १२ : ४६ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज